Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एसएलसीको परीक्षाफल सार्वजनिक: ४३.९२ प्रतिशत उतीर्ण

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३० जेष्ठ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रवार यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय अनुसार ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत साल ४१.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष ३ लाख ९४ हजार ९ सय ३३ जनामध्ये १ लाख ७३ हजार ४ सय ३६ जना उतीर्ण भएका छन्।

तीमध्ये विशिष्ट श्रेणीमा १८ हजार १ सय १०, प्रथम डिभिजनमा ८३ हजार ६ सय ३७ र दोस्रो श्रेणीमा ६७ हजार ९ सय ४२ र तृतीय श्रेणीमा ३१ हजार ७ सय ४७ जना उत्तीर्ण भएका छन्। त्यस्तै एक्जाम्टेडमा १० दशमलव ९२ प्रतिशत उत्तीर्ण भएका छन्।

यस वर्ष एसएलसी परीक्षामा ५ लाख ६६ हजार ८५ जना परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ जना परीक्षार्थी सहभागी थिए।

एसएलसीको रिजल्ट प्राप्त गर्न
– नेपाल टेलिकम slc.ntc.np
– शिक्षा मन्त्रालय www.moe.gov.np





Comments

comments

76