Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चितवनमा चुनावी सरगर्मी, एमालेको जित्ने दाबी

शिशिर सिंखडा / एचकेनेपाल डट कम –
भरतपुर ३० जेठ। आगामी असार ८ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई विजयी गराउन नेकपा एमाले चितवनले क्षेत्र नं. ४ मा चुनावी प्रचारलाई तीब्र पारेको छ। उप निर्वाचनकी एक मात्र महिला उम्मेदवार पार्वती रावललाई जिताउन एमालेले हरेक दिन मतदातासंग भेटघाट गर्ने र अन्र्तक्रिया गर्ने गरेको प्रचार विभाग प्रमुख अरुण पीडित भण्डारीले जानकारी दिनुभयो।

उम्मेदवार सहितको टोलीले घरदैलो र अन्र्तक्रिया गरी मतदाताको समस्या बुझ्ने र पार्टीको जनता केन्द्रीत योजनाहरुलाई प्रस्तुत गर्ने गरिएको एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिनुभयो। घरदैलो तथा अन्र्तक्रिया गर्ने कार्यक्रम अन्र्तगत भरतपुर–७ कटहरचोकमा कोण सभा आयोजना गरिएको थियो। सभालाई सम्वोधन गर्दै एमाले उम्मेदवार रावलले यस पटक आफुले भारी मत अन्र्तरले जित्ने दावी गर्नुभयो । साथै उहाँले यस पटक महिला,दलीत, जनजाती, युवा, बृद्धबृद्धा, मजदुर, किसान सबै पक्षको समर्थन आफुलाई रहेकोले जित सुनिश्चित रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य काशिनाथ अधिकारी, केन्द्रीय सदस्य देवी ज्ञावली लगायतले वोल्नुभएको थियो। एमाले उम्मेदवार रावल सहित करिव ५ सय नेता तथा कार्यकर्ताहरु भरतपुरका विभिन्न वडामा घरदैलोमा सहभागि भएका थिए।

त्यसैगरी गितानगरमा पनि एमालले निर्वाचन परिचालन कमिटीको भेला सम्पन्न गरेको छ। एमाले केन्द्रीय सदस्य झिल्लु प्रसाद तिवारी,अनेम संघ जिल्ला अध्यक्ष सुर्य बदना हमाल,कृष्णलब्ली लगायतले वोल्नुभएको थियो।

त्यसैगरी एमाले उम्मेदवार रावललाई विजयी गराउन एमाले निकट युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेत भोलि शनिवार चितवन आउनु हुने भएको छ। अध्यक्ष बस्नेतले भोलि ११ बजे भनपा–७ बुद्धचोक,२ बजे शिवनगर र दिउंसो ४ बजे पटिहानीमा आयोजित सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख भण्डारीले जानकारी दिनुभयो।





Comments

comments

80