Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जोशीलाई पाँच लाख रुपियाँसहित शताब्दी पुरुष सम्मान

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौंं, ३० जेठ। त्रिमूर्ति निकेतनले नेपाली साहित्यका अमर प्राज्ञ डा.सत्यमोहन जोशीलाई पाँच लाख रुपियाँ राशिसहित शताब्दी पुरुषको सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा शुक्रवार बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो।

निकेतनले प्रा.डा.उषा ठाकुरको अध्यक्षतामा सत्यमोहन जोशी शताब्दी महोत्सवको गठन गरिसकेको छ। गत वैशाख ३० गते जोशीको ९५औं शुभजन्मोत्सवका अवसरमा शताब्दी महोत्सवको आरम्भ गरिएको थियो।

जोशीको शताब्दी महोत्सवका लागि देशदेशान्तरबाट अभिनन्दनपत्रहरू प्राप्त हुने भएका छन्। आगामी साउनमा जोशीलाई पाँच लाख रुपियाँ राशिसहित शताब्दी पुरुषको सम्मान प्रदान गरिने कार्यक्रम रहेको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन्।





Comments

comments

82