किराँतीहरुले बेलायतमा यलम्बरहाँङ स्मृति दिवस मनाए

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –
लण्डन, बेलायतको वकिङ शहर नजिकै किराँत राईहरुको आफ्नै भूमि ग्याम्बलस् लेन, रिप्ले अवस्थित माङखिम (पुजा घर) तथा साकेला स्थलमा किराँतहरुको प्रथम राजा यलम्बरहाँङको सम्झनामा स्मृति दिवस यालेदोङ (५०७५) २०७२ भव्य रुपमा सम्पन्न भयो।

सम्भवत यलम्बरहाँङको स्मृति दिवस अगष्ट महिनाको पहिलो शनिवार मानिन्दै आएको प्रचलन पाईन्छ। उक्त दिन उपस्थित भएका सम्पूर्ण किराँतीहरुले सुम्निमा–पारुहाङ्गको तस्विर, र सेउलीको थानमा पूजा गर्ने चलन चलि आएको कार्यक्रमको संयोजक डम्बर राईले बताउनु भयो।

किराँत राई यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पूर्व नेपाली राजदूत तथा त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाङ नवोल किशोर राई, विशेष अतिथिहरु किराँत राई यायोक्खा नेपालका सल्लाहकार तथा पूर्व अध्यक्ष प्राध्यापक श्रीमती सुमाया राई, ईलाम समाज सोसाईटीका अध्यक्ष श्री राजेन्द्र राई, अतितिहरु सुनुवार सेवा समाज युकेका बरिष्ठ सल्लाकार तथा पूर्व अध्यक्ष जंग सुनुवार, पासा पुछा गुटी युकेको तर्फबाट नेपाल प्रहरीका पूर्व डिएसपी शिवजी श्रेष्ठ, एनआरएन बेलायतका उपाध्यक्ष हिराधन राई, नयाँ सन्देश साप्ताहिक प्रत्रिकाको प्रधान सम्पादक तथा कानुन विद चण्डीराज राई, नेपाली समाचार डटकमका प्रधान सम्पादक विश्वासदिप तिगेला, तमुधी युकेका अध्यक्ष सुर्य गुरुङ यायोक्खा कलाकार संघ अध्यक्ष निर पुमा,लण्डनबाट प्रसारण हुने नेपाली टेलिभिजनका प्रस्तोता विमला सेने र राजेन्द्र भट्ठु, गीतकार ईश्वर चाम्लिङ्ग, गीतकार मुकेश राई, गीतकार हेमकुमार राई लगायत ४ दर्जन भन्दा धेरै बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु तथा साहित्यिक स्रष्टाहरूलाई समेत अतिथिको आसन ग्रहण गराइएको थियो।

प्रमुख अतिथि लगायत अतिथिहरू र यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राईद्वारा संयुक्त रुपमा पानशमा दिप प्रज्जलन गरी नेपाली राष्ट्रिय गानबाट थालनी भएको कार्यक्रमलाई औपचारिक रुपमा यायोक्खा बेलायतका सचिब चन्द्रवती राईले संन्चालन गर्नु भएको थियो। कार्यक्रमको पहिलो सत्रमा यायोक्खा बेलायतका महासचित्र चक्र राईले स्वागत मन्तव्य व्यक्त गदै किराँत राई यायोक्खा बेलायतद्वारा निर्मित यायोक्खा सांस्कृतिक कलाकार संघ बेलायतको पहिलो प्रस्तुती किराँती मिथकमा आधारित गीति एल्वम आम्लाबुङ (सुनाखरी फूल) विमोचन गर्नु भएको थियो। एल्वम सुनखरीमा जम्मा १० वटा गीतमा किराँतीहरुको एतिहासिक मिथक हराउन लागेको शव्दहरुको संकलन रहेको र अन्य नेपाली बाजाहरुको समिक्षण समेत रहेको यायोक्खा कलाकार संघका महासचिब किसन राईले दाबी गरे।

संघको पहिलो एल्बम “सुनखरी” मा समेटिएका गीतहरूले स्रोताहरूको मनजित्न सफल हुने विश्वास ब्यक्त गर्दै यायोक्खा बेलायतका अध्यक्ष पदम राईले प्रवासमा रहेता पनि गीति लेखन कार्यलाई निरन्तरता दिन अनुरोध गदै सफलताको शुभकामना ब्यक्त गरेका थिए। “एउटा बन्दुकको गोली सिपाहीहरुको निमित जति महत्वपूर्ण हुन्छन, त्यति नै एउटा मानव जीवनमा गीत संगीत महत्वपूर्ण हुन्छन जस्ता भावना पोख्दा उपस्थित माहोल नै भाबुक देखिएका थिए। गीति एल्बम सुनखरी भित्र संगीत, बालन्द राई, पारस मुकारुङ,विसी राई, गंगाराज राई र नरेश नाती रहेका छन भने चर्चीत गायिका मेलिना राई, रेवत राई, आभा मुकारुङ,पार्वती राई,सुमी राई, प्रकाश प्राण,किसन राई, मिना राई, कृष्णा राई, दिपक चाम्लिङ, सुष्मा राई र आनन्द रानोहोछाको आवाज सुन्न सकिन्छ।

कार्यक्रमको मध्यतिर यायोक्खा सांस्कृतिक कला संघको प्रस्तुती स्थानीय कलाकारद्वारा गायन, नृत्य, कविता वाचन, प्रहसन प्रस्तुत लगतै पूर्व राजदूत तथा डा. नवोल किशोर राईले बेलायतमा रहेका किराँतीहरुको प्रगति प्रतिको खुशीयाली प्रकट गदै विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्ने नव युवा युवतीहरुलाई प्रगतिको शुभकामनासहित सम्मान पत्र हस्तान्तरण र माङंखिम तथा साकेला स्थल निमार्ण प्रारम्भिक कार्य समितीहरुलाई विशिष्ठ सदस्यताको प्रमाणपत्र, महाभूकम्पको कारण स्वदेशको भयवहस्थितीलाई मध्यनजर गर्दै सहयोग गर्ने यायोक्खा बेलायतका स्वयंसेवकहरुलाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो।

किराँती राजा यलम्बरहाँङको मुख्य हतियार धनुषकाँडले शिकार खेलेको प्रयोगलाई किराँतीहरुले महत्वपूर्ण मानेको पाईन्छ। यलम्बरहाँङको सम्झना स्वरुप कार्यक्रममा धनुष बाण प्रतियोगिता अन्तर प्रार्भिक कार्य समिती विच सम्पन्न भएको प्रतियोगिता मेजर योगेश राईले संचालन गरेका थिए। धनुषकाँडको मट्याङरा धरान विजयपुरको जंगलमा खोज्न जादा किराँती राजाको भताभुङे दरबार भेटिएको तर किराँत समुदायले थोरै मात्र चासो राखेको गुनासो केही उपस्थित अगुवा पुर्खाहरुले जानकारी गराउनु भएको थियो।





Comments

comments

Leave a Reply

7809