पुस्तक चर्चा ‒ नेपाली “डेन्भर ड्राइभरको डायरी”

नातिबाबु भट्ट –

कोलोराडो, अमेरीका। डेन्भर ड्राइभरको डायरी नामक पुस्तकका लेखक तेजप्रसाद ढकालले विगत पाँच बर्षमा राइडशेयर प्ल्याटफर्म लिफ्टमा १४ हजार भन्दा बढी राइड गरी २० हजार भन्दा बढी यात्रुहरुलाई यात्राको सुविधा उपलब्ध गराइरहँदाको अनुभव संकलन गरी प्रकाशन गरेका छन्।

पुस्तक

पुस्तकमा लेखक ढकालले कोलोराडो तथा डेन्भरका सडकमा ड्राइभ गर्दा देखिएका बिभिन्न घटना तथा विषयवस्तु सगटेका छन्।

मानव समाजमा रहेका हरेक व्यक्ति एउटा अद्भुत र भिन्न परिचय भएको एक सामाजिक एकाइ हो र हरेक व्यक्तिका भिन्न जीवन कहानी, अनुभव, सोच र परिचय हुन्छ भन्ने आधारभूत मान्यतालाई आत्मासात गर्दै तेजप्रसादले झन्डै डेढ बर्ष जति मस्तिस्क मन्थन गरी यो पुस्तक प्रकाशन गरेका हुन्।

हजारौं यात्रुहरुसँगको कुराकानीबाट प्रेरित भई लेख्न शुरू गरिएको यो पुस्तक वास्तवमै एक प्रेरणदायी श्रोतको रुपमा अनलाइन प्ल्याटफर्म अमेजनमा रहेको ढकाल बताउछन्।

यात्रुलाई यात्राको सुविधा दिई सडकमा भौंतारि रहँदा निज ढकालले खासगरी डेन्भर र कोलोराडोमा देखेका दुर्घटनाहरु, कोलोराडोमा घुमेका शहरहरु तथा स्थानहरु, यहां उपलब्ध विश्वभरका खानाका परिकारहरु र ती पाइने रेस्टुरेन्ट, डेन्भरमा उपलब्ध घुम्न, हेर्न र सिक्न लायक ठाउँहरु, डेन्भर शहर र यसका वरिपरि उपलब्ध मनोरन्जनका विभिन्न उपायहरु यस पुस्तकमा समेटिएका छन्।

पढ्ने, बसाइ सर्ने, अध्ययन गर्ने वा घुम्ने जे उद्देश्यले अमेरिका आएको भए पनि यो संसारभरका मानिसहरुको पहिलो रोजाईको गन्तव्य मुलुक हो। झन्डै ४३ प्रतिशत जनसंख्या बाहिरबाट आएका मानिसहरुले भरिएको अमेरिकामा केही स्थानीय अमेरिकनहरुमा आफ्नो जागिर खोसिएको भान पनि परेको छ। कहिलेकाही यस्ता भावनाहरु सामाजिक रुपमा पनि व्यक्त भएको पाइन्छ। यसै विषयलाई खोतल्ने जमर्को गर्दै लेखक ढकालले अमेरिकाको आप्रवासीहरुले स्थानीय समुदाय तथा आर्थिक गतिविधिमा कसरी योगदान गरेका छन् भन्ने विषयलाई प्रस्टरुपमा प्रस्तुत गरेका छन्।

लेखक तेजप्रसाद ढकाल

एक्काइसौं शताब्दीको सुरुसँगै व्यापारको परम्परात्मक शैलीलाई चुनौती दिँदै ट्रान्स्पोर्टेसन उद्योगमा सुरु भएको राइड शेयर खासगरी उबर तथा लिफ्टको उदय र यसले ट्याक्सी व्यवसायलाई पारेको प्रभावलगायत यसको इतिहास, हालको बजार अवस्था तथा भविष्यको सम्भावनालाई पनि पुस्तकमा आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।

अमेरिकालगायत संसारभर नै सडक सुरक्षा एक चुनौतीको रुपमा रहेको छ । विभिन्न सरकारहरुले भिजन जिरो नाम दिई सडक दुर्घटनालाई शून्यमा झार्ने लक्ष्य तोक्दै विभिन्न चेनतामूलक कार्यहरु गरिरहेका छन् । विगत पाँच बर्षमा झन्डै २ लाख ५० हजार माइल ९४ लाख किलोमिटर० भन्दा बढी दूरी गाडी कुदाएका लेखक ढकालले यो अवधिमा विविध खालका सडक दुर्घटनाहरु प्रत्यक्ष देखिसकेकाले उनले यस पुस्तकमा सडक सुरक्षा शीर्षकमा समावेश गरेका छन्। खासगरी अमेरिकामा सडक दुर्घटनाको हालको अवस्था र सुरक्षित ड्राइभिङ्गका विभिन्न उपायहरुको बारेमा समेत यस पुस्तकमा प्रेरणादायी सामाग्रीहरु राखिएको छ।

त्यसैगरी, व्यक्तिगत बानीले सुरक्षित ड्राइभिङ्ग तथा अन्य दैनिक क्रियाकलापहरुमा कसरी प्रभाव पारीरहेको हुन्छ भन्ने विषयलाई पुस्तकमा कलात्मक रूपमा संगटिएको छ। लेखक स्वयं धुम्रपानलगायत बिभन्न हानीकारक लतबाट प्रभावित भई हाल लतबाट छुटकारा पाई स्वस्थ जीवनशैली अपनाइ रहेका छन् । उनले आफ्ना ति बिगतका अनुभवहरु यस पुस्तकमा समावेश गरेका छन् । क्षणिक मनोरन्जनका लागि गरिने विभिन्न क्रियाकलापहरूबाट व्यक्तिको दिनचर्यालाई कसरी प्रभाव पारिरहेको हुन्छ भन्ने कुरा लेखक ढकालले पुस्तकमा राम्ररी प्रस्तुत गरिएको छन् । खासगरी भर्खर ड्राइभिङ्ग लाइसेन्स लिइ उबर लिफ्ट चलाउन थालेका तथा चलाउने सोच बनाएका व्यक्तिहरुका लागि यो पुस्तक वास्तवमै प्रेरणाको स्रोत रहेको उनको दावी छ।

बीसौं हजार व्यक्तिहरुलाई यात्राको सुविधा उपलब्ध गराइरहँदा उनीहरुसँग भएका विभिन्न व्यवहारहरुलाई संकलन गरी मेरो कथा शीर्षकमा प्रेरणादायी सामाग्री पुस्तकमा समावेश गरिएको छ । यात्राको क्रममा सुविधा लिएका यात्रीहरुले आफ्नो गाडीमा वान्ता गरी फोहोर गरेको र त्यस्तो फोहोर सफा गर्ने पैसासमेत नदिई गएको, नसामा मस्त भई विना कारण तथानाम गाली गरेको, गलत मनसायले विभिन्न झमेलामा फसाउन खोजिएको, यात्रामा भएका भलाकुसारीबाट खुसी भई सयौं डलर टिप्स दिएको लगायतका कथाहरु पुस्तकमा आकर्षक शैलीमा जस्ताको तस्तै उतार्ने प्रयास गरेको लेखक बताउंछन् । उनको यो कुरालाइ अमेजनको रिभ्यु पेजले पनि पुष्टी गर्दछ।

यस्तो उपयोगी पठनीय कृति तयार गरी हामीमाझ ल्याई कोलोराडो स्टेटबारे थप ज्ञान आर्जन गर्ने मौका दिलाइ दिएका लेखक तेजप्रसाद ढकाले, सबै दाजुभाई दिदीबहिनी, बुबा आमा, विद्यार्थी, शिक्षक, व्यवसायी तथा पठनप्रति रुचि भएका महानुभावहरुलाई पुस्तकको कपि सुरक्षित गरी पढ्नुहुन हार्दिक अनुरोध गरेका छन्।

गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका पन्द्रुङ्ग गाउँमा जन्मिएका तेजप्रसाद ढकाल हाल संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा बसोबास गर्दछन्। विगत ५ बर्षदेखि राइडशेयर प्ल्याटफर्म लिफ्टमा स्वरोजगार भई कार्य गरिरहेका तेजप्रसादले हालसम्म १४ हजार राइड सम्पन्न गरी २० हजार भन्दा बढी यात्रुहरुलाइ गन्तब्यमा पुर्रयाइ सकेकाछन्। आफूलाई यात्रुहरूले पटक पटक यात्राको क्रममा तपाईको सबभन्दा रमाइलो क्षण तथा डरलाग्दो कुनै घटना भए सुनाउन आग्रह गरिरहेका कारण पुस्तक लेख्ने प्रेरणा मिलेको उनी बताउछन्।

झन्डै डेढ बर्षको मिहेनतपछि जुराइएको नाम, “डेन्भर ड्राइभरको डायरी” पुस्तक चर्चित अनलाईन प्ल्याटफर्म अमेजनमा विक्रीको लागि सूचीकृत गरिएको छ । लेखकले यात्रीहरुसँगको भेटघाटको कथालगायत राइडशेयर उद्योगको इतिहास, हालको बजार अवस्था (उबरको मात्र अमेरिकन बजारमा करिब ३० विलियन डलरको बार्षिक कारोबार हुने गरेको देखिएको छ) र यसको भविप्य, सडक सुरक्षा, डेन्भर र कोलोराडोमा सिक्ने र घुम्ने ठाउँहरु, उपलब्ध विभिन्न देशका खानाका परिकारहरु, रेस्टुरेन्टहरु र डेन्भरमा रात्री जीवन र मनोरन्जन गर्ने ठाउँहरु, व्यक्तिको बानी र त्यसको सुरक्षित सडक प्रयोगमा प्रभाव तथा आप्रवासीहरुको अमेरिकाको स्थानीय समुदाय तथा आर्थिक क्षेत्रमा रहेको योगदानलगायतका विषयहरु उनको पुस्तकमा समावेश गरेका छन्।

लेखकले यस पुस्तक प्रकाशन गर्नु अगाडी “जीवन परिवर्तनका लागि बानी परिवर्तन” नामक पुस्तक प्रकाशन गरिसकेका छन्। उनी चुरोटका एक अम्मली थिए, उक्त बानी छोडेपछि कसरी चुरोटलगायत हानीकारक बानी छुटाउने भनी “जीवन परिवर्तनका लागि बानी परिवर्तन” नामक पुस्तक लेखेका थिए । लेखकका अनुसार यो पछिल्लो पुस्तक “डेन्भर ड्राइभरको डायरी” बाट नयाँ लाइसेन्स प्राप्त ड्राइभरहरु, भर्खर मात्र उबर वा लिफ्ट चलाउन थालेका वा चलाउने सोच बनाएका व्यक्तिहरु तथा सडकमा नियमित रुपमा गाडी चलाउने सबै तह र तप्काका व्यक्तिहरुले यो पुस्तक पढी लाभ लिन सकिने छ।

यस्तो उपयोगी पुस्तक प्रकाशन गरि सर्वसुलभ तरिकाबाट पढ्न सक्ने व्यवस्थासमेत मिलाएकोमा लेखक तेजप्रसाद ढकाललाइ धेरै धेरै धन्यवाद !!!

पुस्तकको लिङ्क: https://a.co/d/6kTXAuQ





Comments

comments

79164