रहेनन् चर्चित गायक तथा कलाकार रविन तामाङ…

चर्चित गायक तथा अभिनेता रविन तामाङ घरमै मृत भेटिएका छन्।

काठमाडौंको बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मंगलबार बेलुका रविन मृत भेटिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

उनको मृत्यु शङ्कास्पद नदेखिएकोले कानुनी प्रक्रिया पुर्‍याएर शव पोस्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ।

नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’का संस्थापक गायक रविन अभिनयमा पनि सक्रिय थिए।

उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ ‘छड्के २’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका छन्।

उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन्। उनका ‘केटा केटी’, ‘मेरो माया’, ‘दम मारो दम’, ‘कल्पना’ लगायत कयौँ गीत चर्चित छन्।





Comments

comments

79528