Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनआरएनए यूएईको आबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा सुबेदी

मनोज अर्याल, आबुधाबी। गैरआवासीय नेपाली संघ यूएईको आबुधाबी क्षेत्रीय समितिको अधिबेसन आबुधाबीस्थित नेपाली राजदूतावासमा नेपालीहरुको बाक्लो उपस्थितिका बीच सम्पन्न भएको छ।

गत शुक्रवार सम्पन्न अधिबेशनले १७ सदस्यीय आबुधाबी क्षेत्रीय समिति गठन गर्ने निर्णय गर्दै विघटित समितिका सचिव तोरणदत्त सुबेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अधिबेशनले सेप्टेम्बर ४ मा दुबईमा हुन गइरहेको एनआरएनए एनसीसी यूएईको छैठौं महाधिवेशनका लागि ५५ जना प्रतिनिधि समेत चयन गरेको छ।

संघका ६ वटा क्षेत्रीय समितिमध्ये ५ वटाको अधिबेसन सम्पन्न हुँदासम्म आबुधाबीबाट सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि चुनिएका हुन्। पंजीकृत सदस्य संख्याको १० प्रतिशत मात्रै महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था रहेको छ।

एनसीसी यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसालको प्रमुख अतिथ्यता र विघटित क्षेत्रीय समितिका अध्यक्ष गोकुल कुइंकेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका बिभिन्न पदाधिकारीको समेत उपस्थिति रहेको थियो। आबुधाबीका बिभिन्न स्थानबाट उल्लेख्य संख्यामा नेपालीहरु कार्यक्रममा सरिक थिए। कार्यक्रममा संघका पदाधिकारीहरु, समाजसेवी तथा प्रमुख अतिथि अध्यक्ष भुसालले मन्तब्य राखेका थिए।

अधिबेसन कार्यक्रमको दोश्रो चरणमा निर्वाचन समितिले निर्वाचन कार्यक्रम संचालन गरेको थियो। निर्वाचन मार्फत सुबेदीलाई अध्यक्षसहित सर्वसम्मत रुपमा उपाध्यक्षमा राजु भण्डारी, सचिवमा छिरिङ लामा, सह सचिवमा गोबिन्द पराजुली, कोषाध्यक्षमा अशोक रेग्मी र सदस्यहरुमा चंद्रकिरण थापा, अनिल प्रसाईं, अर्जुन तिवारी, कृष्ण बहादुर अधिकारी निर्वाचित भएका छन्।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक उत्तम अधिकारीले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरे । त्यसैगरी अध्यक्ष भुसालले निर्वाचित सबैलाई एनआरएनएको बिधान मुताबिक सपथ ग्रहण गराएका थिए।

सोही दिन संघको अल ऐन, फुजिरा र रास अल खेमा क्षेत्रीय समितिको समेत अधिबेसन सम्पन्न भयो। सम्पूर्ण क्षेत्रीय समितिहरुमा सर्वसम्मत रुपमा कार्यसमितिको चयन भएको छ। रास अल खेमाबाट ३५, फुजिरबाट १३ र अल ऐनबाट २० जना महाधिवेशन प्रतिनिधि चुनिएको सूचना प्राप्त भएको छ। यस अघि शारजाह क्षेत्रीय समितिबाट १३ जना प्रतिनिधि चुनिएका थिए।





Comments

comments

Leave a Reply

8066