Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनआरएनएका अध्यक्ष शेष घलेले किन भेटे मुख्य सचिवलाई?

एचकेनेपाल डट कम –
काठमाडौं, २ भाद्र। गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. सोमलाल सुवेदीबीच भेटवार्ता भएको छ।

भेटमा अध्यक्ष घलेले हालैको महाभूकम्पका बेला संसारभर छरिएका गैरआवासीय नेपालीहरुले राष्ट्रबासीलाई निस्वार्थ भावनाले सहयोग पुर्‍याएको अबगत गराउँदै महाभूकम्पका बेला गरिएको सहयोग सम्बन्धी प्रतिबेदन मुख्य सचिवजलाई हस्तान्तरण गरेका हुन्।

संसारभरका गैरआवासीय नेपालीहरु स्वयंसेवकका रुपमा गाउँगाउँ परिचालित भई करिव १७ हजार परिवारलाई राहत पुर्‍याएको घलेले अबगत गराए।

गैरआवासीय नेपालीहरु राष्ट्र पुन:निर्माणको सच्चा साझेदार बन्न चाहेको उल्लेख गर्दै घलेले एक हजार घर निर्माणका लागि संघ तयारी अबस्थामा रहेको जानकारी गराए।

नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ तथा गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हरेक दुई वर्षमा आयोजना गरिने गैरआवासीय नेपाली बिश्व सम्मेलन तथा संघको महाधिवेशन आगामी अक्टोवर महिनाको १४ देखि १७ सम्म आयोजना हुन गईरहेको अवगत गराउँदै, सदाझै नेपाल सरकारको पूर्ण सहयोगको आपेक्षा राखेको अध्यक्ष घलेले बताए।

मुख्य सचिव डा.सुवेदीले गैरआवासीय नेपाली संघ तथा नेपाल सरकारको संयुक्त पहलमा मध्यनेपालदेखि पूर्वीनेपाललाई समावेश गरी पर्यटकीय दृष्टिकोणले उपयुक्त एक पैदल मार्गको बिकास गर्न सुझाव दिदैं यस मार्गको आवश्यक खाका तयार पारी एक सम्झौता पत्र हस्ताक्षर गर्न आफूले सहयोग गर्ने बताए।

श्रमकालागि बिदेशिएका नेपालीहरु बिदेशमा नेपालीहरुबाटै पीडित भएकोतर्फ संघ सचेत हुन पर्ने सुझाव दिदैं यसलाई न्यूनिकरण गर्नेतर्फ पहल गर्न अनुरोध गरेका छन्।

घलेले पर्यटन बिकासमा संघले सक्दो सहयोग गरिरहेको र नेपाल सरकारसंगको सहकार्यमा एक पैदल मार्गको बिकास गर्न संघ तयार रहेको वताउँदै श्रमिकहरुको समस्याहरुप्रति संघ चनाखो रहेको तथा संघको छाताभित्र बसी श्रमिकहरुको हित बिपरित काम गर्ने जो कोहीलाई पनि संघको तर्फबाट आवश्यक करवाही गरिने बताए।

घलेले संघले नेपाल सरकारको तर्फबाट प्राप्त गरिरहेको सहयोगको लागि धन्यवाद दिंदै डा. सुवेदीको कार्यकालमा एनआरएन र नेपाल सरकारवीचको सहकार्य नयाँ उचाई पुग्ने बिश्वास लिएको बताए । अध्यक्ष घलेले नवनियुक्त मुख्य सचिवलाई सफल कार्यकालका लागि सम्पूर्ण गैरआवासीय नेपालीका तर्फबाट शुभकामना सहित हार्दिक बधाई ज्ञापन गरेका छन्।





Comments

comments

Leave a Reply

8091