Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

स्लो मोसनमा नम्रता र विवेकको प्रेम

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
आफूले बनाएका हरेक म्यूजिक भिडियोहरुलाई फरक प्रस्तुति दिन माहिर भिडियो निर्देशक सुरज श्रेष्ठले दोस्रो नेपाली तारा सन्तोष लामाले गाएको ‘मायालु मुहार तिम्रो’ बोलको गीतको म्यूजिक भिडियो तयार गरेका छन्।

गत सातामात्र सार्बजनिक भएको उक्त भिडियो बनाउन दुई दिन लागेको बताउने निर्देशक सुरज श्रेष्ठ अहिले आएर आफ्नो कामको राम्रो रेस्पोन्सले निक्कै खुसि छन्।

गीतको भाव तथा भिडियोलाई जीवन्तता तथा नयाँपन दिनका लागि भिडियो शुरुदेखि अन्तसम्म नै टाइम ल्याप्स् (स्लो मोसन्)मा खिचिएको भिडियोको छायाँकन हरि हुमागाईले गरेका हुन्। यसअघि पनि निर्देशक श्रेष्ठले बरिष्ठ गायक दीप श्रेष्ठको स्वर्गकी परि बोलको गीतलाई नेपालमै पहिलो पटक स्लो मोसनमा म्यूजिक भिडियो निर्माण गरेका थिए।

भीजे तथा मोडल बिबेक सिंह ठकुरी र नायिका नम्रता श्रेष्ठको अभिनय रहेको म्यूजिक भिडियो निर्माण गर्दाको मिहेनतलाई दर्शकहरुले रुचाइदिंदा अझ राम्रो क्रिएसनको लागि आफूलाई थप उर्जा मिलेको निर्देशक श्रेष्ठ बताउछन्।

व्हाइट प्लस प्रोडक्सनले निर्माण तथा किर्तिपूर, सिनामंगल र कोटेश्वरमा छायांकन गरिएको भिडियोको सम्पादन प्रबिण श्रेष्ठले गरेका छन् भने गीतमा शब्द रोशन भट्टराईको रहेको छ भने संगीत न्यूह बज्राचार्यको रहेको छ। यूट्यूबमा सार्बजनिक भएको केही समयमै दर्शकहरु बढिरहेको भिडियोले धेरै राम्रो रेस्पोन्स पाईरहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

8094