Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

१० नेपाली युवालाई नेपाली युवारत्न

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
गत बैसाख १२ गते आएको महाभूकम्प तथा त्यसपछि आएको परकम्पनले तहसनहस भएको अवस्थामा आफ्नो सम्पूर्ण काम थाँती राखेर अन्य युवाहरुलाई पनि उर्जा प्रदान गर्दै देशमा परेको संकटको सामना गर्न उत्प्रेरित गर्ने १० नेपाली युवालाई जगदम्बा स्टिलले नेपाली युवारत्न सम्मान गरेको छ।

देशभरबाट प्राप्त नोमिनेसनहरुका आधारमा निर्णायक मण्डलले युवारत्न सम्मानका लागि डा. बिशाल ढकाल, ब्रबिमकुमार केसी, जिग्मे शेर्पा, गायक निर्णय श्रेष्ठ, शेरबहादुर कुवँर, निशान्त श्रेष्ठ, डा. स्निधा मैनाली, शसस्त्र प्रहरीका निरीक्षक लक्ष्मणबहादुर बस्नेत, दीपेश खत्री र नेपाली सेनाका मेजर प्रेम हमाललाई नेपाली युवारत्नका रुपमा छानेका छन्।

‘नेपाली इज स्टिल स्ट्रोङ’ अर्थात नेपाल अझै बलियो छ भन्ने सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत अन्तर्राष्ट्रिय युवा दिवसको अबसर पारेर यी दश जना युवालाई सम्मान गरिएको थियो।

दशरथ रंगशालामा आयोजित कार्यक्रममा उनीहरुलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र निर्णायक मण्डलका सदस्यहरुले सम्मान प्रदान गरेका थिए। यसरी सम्मान पाएर अझ देशको लागि काम गर्ने प्रेरणा मिलेको नेपाली युवारत्नद्वारा सम्मानित गायक निर्णय श्रेष्ठले बताए।





Comments

comments

Leave a Reply

8103