Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

उदयको ‘मधुशाला’ रेष्टुरेन्टपछि ‘मधुशमा’

शिव मुखिया / एचकेनेपाल डट कम –
काठमाडौं, नाइटलाइफका लागि गन्तव्य बनिरहेको ठमेलमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ। यहि भदौ १ गतेदेखि ‘मधुशमा’ नामक रेष्टुरेन्ट प्रारम्भ भएको हो। मधुशमाको अर्थ हुन्छ, पिउंने साँझ। नामजस्तै यो रेष्टुरेन्टले रात्रिकालिन आगन्तुकलाई स्वागत गर्छ।

प्रत्येक साँझ साढे पाँच बजेवाट सुरु हुने रेष्टुरेन्टले विभिन्न परिकारका साथै सांगीतिक खुराक समेत पस्कनेछ। यहाँ नेपाली युगल गायनका चर्चित जोडी उदय र मनिला सोताङले सांगीतिक प्रत्यक्ष प्रस्तुती दिनेछन्।

उदय यस रेष्टुरेन्टका प्रवन्ध निर्देशक समेत हुन्। दरवारमार्गमा अवस्थित ‘मधुशाला’ रेष्टुरेन्ट पछि उदयले दोस्रो रेष्टुरेन्ट ‘मधुशमा’ सञ्चालनमा ल्याएका हुन्। अक्सर आफ्नो सोलो गीति एल्वममा ‘म’ शब्दवाट नाम जुराउने उदयले रेष्टुरेन्टको नाममा पनि सोही शब्दवाट सुरु हुने नाम जुराएका हुन्।

मधुशमामा उदय र मनिलासंगै अर्का चर्चित गायक सुरेशकुमारले पनि गाउनेछन्। ‘तिमी मेरो जिन्दगीको किरण’, ‘प्रिये तिम्रो सम्झना’ जस्ता उनका गीत निकै चर्चित छन्।

साँझ साढे पाँचवाट सुरु हुने रेष्टुरेन्ट राति ११ वजेसम्म सुचारु हुनेछ। पूर्ण पारिवारिक वतावरण, आकर्षक इन्टेरियर, सांगीतिक प्रस्तुती र फरक स्वादका परिकार यो रेष्टुरेन्टको विशेषता हुन्। पर्याप्त पार्किङ सुविधायुक्त यस रेष्टुरेन्ट ९० जना सिट क्षमताको छ। रेष्टुरेन्टको मेनुमा मौलिक नेपाली परिकारदेखि, इन्डियन, चाइनिज तथा कन्टिनेन्टल परिकार उपलव्ध छ।





Comments

comments

Leave a Reply

8096