बिलबहादुर गुरुङ कतारको प्रेस बिज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु,
साथै एनआरएनए एनसीसी कतारका पञ्जीकृत सदस्य मित्रहरु ।
प्रेस बिज्ञप्ति
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए–एनसीसी) कतारको आगमी २०१५ – २०१७ कार्यकालको लागि नयाँ कार्यसमिति चयनको प्रकृया अन्तिम चरणमा पुगेको यहाँहरु सबैलाई अवगत भएकै छ।

बिगत २००३ देखि कृयाशिल कतारको एनआरएनए बिभिन्न उतारचढाव पार गर्दै यस अवस्थामा अई पुगेको छ । एनआरएन एउटा अभियान हो र यस अभियानमा म आफु पनि निरन्तर संलग्न हुदै आएको छु । एनसीसी कतारको ईतिहासलाई हेर्ने हो भने एउटा कार्यकाल बाहेक सबै कार्यकालमा प्रत्यक्ष मतदानबाट नै कार्यसमितिको चयन हुदै आएको छ । निर्वाचन आफैमा प्रजातान्त्रिक प्रकृया हो र यस प्रकृयालाई सबैले सहज रुपमा ग्रहण गर्दै आई रहेका छन।

एनसीसी कतारको ईतिहास सांक्षि छ, निर्वाचनबाट आएको कार्यसमितिलाई सबैको सहयोग प्राप्त गर्न सजिलो हुदैन जसका कारण सहज काम गर्ने बातवरण मिल्दैन । निर्वाचनबाट आएको नेतृत्वले कुनै न कुनै राजनितिक पार्टी तथा समुहको प्रतिनिधित्व गर्ने गरेकाले निर्वाचनबाट पराजित ब्यक्ति तथा समुहले निर्वाचित टिमलाई साझा नेतृत्वको रुपमा स्विकार्न सकेको देखिदैन । नेपाली समाजको तर्फबाट केहि महत्वपुर्ण कार्य गर्नु पर्दा एनआरएनए जस्तो साझा संस्थाले गर्नु पर्छ भन्ने तर नेतृत्वलाई साझा नस्विकार्ने प्रबृत्ती क्रमिक बढदै गएको देखिन्छ । त्यसैले यस संस्थालाई साचो अर्थमा साझा बनाउनको लागि नेतृत्व तहमा पनि साझा भावना भएको र राजनितिक रुपमा कतै संलग्न नभएको सामाजिक ब्यक्तिको चयन हुनु पर्छ भन्ने मान्यता बिकसित भएको देखिन्थ्यो । जसका कारण एनआरएन अभियानमा लागेका साथिहरुले मलाई बिना सर्त आगमी नेतृत्वको लागि अगाडी बढन अनुरोध गर्नु भयो । मैले नेतृत्वको लागि खासै चासो दिएको होईन तर म पनि यो समाजको लागि केहि गरौं भन्ने भावना बोकेर हिडेको ब्यक्ति भएका कारण समाजका प्रबुद्ध ब्यक्तिहरुबाट आएको अनुरोधलाई नकार्न सकिन।

हालसम्म बिश्व भरि ७२ देशमा आफनो सञ्जाल फैलाई सकेको एनआरएनए प्रति क्रमश प्रवासीएका नेपालीहरुको चासो बढेर गएको छ । गैर राजनितिक र गैर नाफामुलक सामाजिक संस्था भएकोले प्रवासीएका सबै नेपालीहरु अटाउन सक्ने एनआरएनएले आफुलाई साझा संस्थाको दावि गरेको छ । त्यसैले पनि सामाजिक भावना भएका ब्यक्तिहरु यस संस्थाको नेतृत्वमा रहेर सामाजिक गतिविधि गर्न ईच्छुक देखिन्छन । त्यहि ईच्छा र सामाजिक ब्यक्तित्वहरुको अनुरोधलाई स्विकार्दै एनआरएनए एनसीसी कतारको आगमी २०१५ – २०१७ कार्यकालको लागि कतारवासी नेपालीहरुको सेवामा आफुलाई समाहित गर्ने उद्धेश्यले अध्यक्ष पदमा उमेदवारी दर्ता गरेको थिएं ।

कतारमा कृयाशिल संघ संस्थाहरुमा नेपालका राजनितिक पार्टीका भातृ संस्थाहरुको चलखेल निकै बढी नै हुने गर्छ । एनआरएनए एनसीसी कतारको निर्वाचनलाई पार्टीहरु बिचको प्रतिस्पर्धाको रुपमा बुझनेहरुको कमि छैन । त्यसैको फलस्वरुप साझा संस्थाको नेतृत्व हत्याउन राजनितिक पार्टीका भातृ संस्थाहरु नै तछाड मछाड गर्दैछन । अरु समय सुनसान बस्नेहरु एनसीसीको निर्वाचन ताका निकै सकृय हुने गर्छन । नतिजा आफनो पक्षमा पार्नको लागि पैसाको बलमा पञ्किृत सदस्यहरु बनाईन्छन । केहि ब्यवसायीहरु आफना कामदारहरुलाई नै सदस्य बनाएर ल्याउने गरेको पनि पाईएको छ । त्यसैको बलमा नेतृत्वको दावि समेत गर्छन । ब्यक्तिको सामाजिक योगदान, उसको कार्यक्षमता जस्ता विषयहरु गौण बनि दिन्छन जुन अहिले कतारको एनसीसीमा प्रत्यक्ष देख्न पाईन्छ ।

आफनो पक्षमा मतदान गराउन कै लागि मात्र सदस्यता बनाउने जुन अबैधानिक बाटो अबलम्बन गरिन्छ त्यहा“ स्वच्छ नेतृत्व चयन हुने सम्भावना रहदैन । राजनितिक पार्टीका भातृ संस्थाहरुका बिचको अस्वस्थ प्रतिस्पर्धाको मारमा एनआरएनए जस्तो साझा संस्था परेको छ । अस्वस्थ प्रतिस्पर्धामा संस्थाको बिधान, निर्देशिका, नियमावली र निर्वाचन समितिको आचरसंहिता लगायत यावत निति नियमहरुको खुल्लम खुल्ला उलंघन भएका छन । नेतृत्वको दावी गर्न आफै खर्च गरेर प्रसस्त सदस्यता बितरण गर्नु पर्ने, राजनितिक पार्टीको भातृ संस्थाको सदस्यता लिनु पर्ने, एनआरएनएको बिधान लगायत नियमावलिको उलंघन गर्नु पर्ने जस्ता अघोशित सर्तहरु मेरा लागि स्विकार्य भएनन । राजनितिक पार्टीको जिम्मेवार ब्यक्तिहरु नै एनआरएनएको निर्वाचन समिति लगायत बिभिन्न पदमा रहि रहदा निश्पक्ष निर्वाचन हुने बिषयमा ढुक्क हुने अवस्था देखिदैन । साथै कतारबाट एनआरएनए आईसीसीमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरुको कृयाकलाप पनि संशययुक्त रहेको पाईएको छ । यस्तो अवस्था बिद्यमान रहदै गर्दा निर्वाचनमा भाग लिनु उपयुक्त नदेखिएकोले मैले आफनो अध्यक्ष पदमा दिएको उमेदवारी यसै प्रेस बिज्ञप्ती मार्फत फिर्ता लिएको घोषणा गर्दछु । यसबाट मेरा शुभ चिन्तक आदरणीय पञ्जिकृत सदस्य साथिहरुमा पर्न गएको असर प्रति क्षमायाचना गर्दछु । तर कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई के बिश्वास दिलाउन चाहन्छु भने मैले आफनो बल बुताले भ्याउदा सम्म सामाजिक सेवाको कार्यलाई भने निरन्तरता दिई नै रहने छु।

कतारको कानुनको तपाई हामी सबैले पालना गर्नै पर्छ र यहा“को सामाजिक र सांस्कृतिक मान्यताहरुको सम्मान गर्नु तपाई हामी सबैको कर्तब्य हो । निर्वाचन प्रजातान्त्रिक प्रकृया हो तर कतारको हकमा यसको अभ्यास गर्न सकिदैन । निर्वाचनमा गई सके पछि पक्ष बिपक्षमा उभिनु पर्ने बाध्यता रहन्छ जसका कारण हाम्रो एकता र भाईचारामा खलल पुगेको बिगतको ईतिहास सांक्षि छ । एनआरएनए जस्तो साझा संस्थालाई बास्तवमा सबैको साझा संस्था बनाउने हो भने प्रत्यक्ष मतदानको बिकल्प खोजिनु पर्छ । सर्व सहमतबाट नेतृत्व चयन गर्न सकियो भने सबैको अपनत्व रहन्छ र भोलि नेतृत्वमा रहेकाहरु पनि सम्बन्धित सबै प्रति जवाफदेहि रहन्छन । हामी प्रवासमा छौं, बिभिन्न अवस्थामा हाम्रो एक आपसको सहयोग अत्यन्त आवश्यक पर्दछ । हाम्रो एकतालाई कायम राख्न र भै परि आउने समस्यालाई समाधान गर्न पनि एनआरएनए जस्ता साझा संस्थाहरुको नेतृत्व चयनमा सर्व सम्मत प्रकृया अपनाउनु नै बुद्धिमता देख्दछु । एनसीसी कतारको लागि सर्व सहमत नेतृत्व चयन गर्न भएका प्रयासहरु असफल भएका छन । ति प्रयासहरु असफल हुनुमा स्वयम हामी आफै जिम्मेवार छौं किन भने हामी सहमति गर्नु पर्छ भन्छौं तर आफनो हठ छाडदैनौ । सहमतिको प्रयास बिफल हुनुमा सहमति गर्ने पक्ष ईमान्दार नदेखिनु नै प्रमुख कारण हो । अन्तत सहमतिको सबै बाटाहरु बन्द भएका छन र अब नेतृत्व चयनको लागि एउटै मात्र बाटो प्रत्यक्ष मतदान बा“की रहेको छ।

अन्तमा यो पुरा प्रकृयामा नेपाली समाजलाई बिभाजित हुनबाट जोगाउन भर मग्दुर प्रयास गरि मेरो पक्षमा सहमतिको प्रयास गर्ने सम्बन्धित ब्यक्ति तथा समुह सबै प्रति आभार ब्यक्त गर्दछु । कतारको नेपाली समाजलाई एक ढिक्का गराउदै एनसीसी कतारको सक्षम र सबल नेतृत्व चयनमा नेतृत्व तहमा रहेको जिम्मेवार ब्यक्तिहरुबाट आवश्यक पहल हुने कुरामा बिश्वस्त छु । साथै एनआरएनए जस्तो साझा संस्थालाई आफना सबै खाले दम्भ र बिमतिहरुलाई थाति राखेर केबल नेपालीहरुको भलाईको लागि कार्य गर्न र संस्थालाई श्रमिक मैत्री बनाउन सक्ने नेतृत्व चयनमा सहयोग गर्न आदरणीय सबै पञ्जिकृत सदस्य मित्रहरुलाई बिनम्रताका साथ अपिल गर्दछु। धन्यवाद

बिलबहादुर गुरुङ, कतार।
१८ अगष्ट, २०१५ – मंगलवार





Comments

comments

Leave a Reply

8110