Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भिजिट भिसामा बेचिँदै नेपाली

मानव तस्करीमा संलग्न समूहहरूले नेपाललाई अनएराइभल भिसा दिने देशहरूलाई ट्रान्जिट बनाई मानव तस्करी गर्न थालेका छन्।

क्यारेबियन तथा अफ्रिकी देशहरूमा भिजिट भिसामार्फत मानव तस्करी धन्दा भइरहेको छ। क्यारेबियन मुलुक सेन्ट लुसियाको नाम धेरै नेपालीलाई थाहा नहुन सक्छ। तर, त्यो देशमा घुम्ने नाममा भिजिट भिसामा जाने नेपालीको संख्या ठूलो छ । भिजिट भिसामा घुम्न जाने भए पनि नेपालीले अमेरिका छिर्न सेन्ट लुसियालाई ट्रान्जिट देशका रूपमा प्रयोग गर्ने गरेका छन्। सेन्ट लुसियामा जान पहिले नै भिसा लिनुपर्दैन । सोही देशमा एयरपोर्ट तथा सीमामा नेपालीले भिसा लिन सक्छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

मानव तस्कर गिरोहले बारम्बार अमेरिका छिर्ने ट्रान्जिट देशका रूपमा सेन्ट लुसियालाई प्रयोग गर्न थालेपछि वैदेशिक रोजगार विभागले सो देशमा अनएराइभल भिसामा नेपाली नपठाउन केही दिनअघि गृह मन्त्रालयमा पत्राचार गरेको छ। भिजिट भिसामा सेन्ट लुसिया पुगेका धेरै नेपाली समस्यामा परेको भन्दै उद्धारका लागि निवेदन बढ्न थालेपछि विभागले मन्त्रालयलाई पत्राचार गरेको हो । मानव तस्करहरूले आसपासका देशबाट अवैध रूपमा भूमार्गबाट नेपालीलाई अमेरिका पठाउने गरेका छन् । अमेरिका पुगेपछि नेपाली सबै कागजपत्र फालेर शरणार्थीको रूपमा बस्ने गरेका छन् । वैशाखको पहिलो साता क्यारेबियन मुलुक ग्रेनेडामा सात नेपाली पक्राउ परेका थिए।

उनीहरू सेन्ट लुसियाबाट डुंगा चढेर ग्रेनेडा पुगेका थिए। ग्रेनेडाको बाटो भएर उनीहरू अमेरिका जाने योजनामा थिए। मानव तस्करीमा संलग्न धेरै समूहले सजिलै भिसा पाइने देशहरूलाई ट्रान्जिट बनाएर तस्करी गर्दै आएका छन्। नेपालले अनएराइभल भिसा पाउने क्यारेबियन तथा अफ्रिकी देशहरूमा भिजिट भिसामार्फत मानव तस्करीको धन्दा भइरहेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए। ‘अमेरिका र अफ्रिका छिर्न अनएराइभल भिसा पाउने गरिब देशहरूलाई ट्रान्जिट बनाइएका घटना धेरै छन्,’ महानिर्देशक न्यौपानेले भने, ‘खाडीमा जस्तै भिजिट भिसामा अन्य देशमा पनि कडाइ गर्नुपर्ने अवस्था देखिएको छ।’





Comments

comments

Leave a Reply

8106