५औं मिस नेपाल युएस सुन्दरीको उपाधि प्रियंका थपलियालाई

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। नर्थ क्यारोलिनाकी प्रियंका थपलिया ५औ मिस नेपाल युएसको उपाधिको ताज पहिरिन सफल भएकी छन्। उत्कृष्ठ १० मा छनौट परेका सहभागीहरुलाई उछिन्दै उनी ५औं नेपाल अमेरिका सुन्दरी भएकी हुन्।

नेपाल अमेरिका सुन्दरी प्रतियोगितामा मिनेसोटाकी कौशिला लामा फस्ट रनरअप तथा र टेक्सासकी नेहा झा सेकेण्ड रनरअप भएका छन्।

यसै गरी, मिस पर्सोना लिटिमा दिब्या भण्डारी, मिस फोटोजेनिकमा प्रियंका थपलिया, मिस ट्यालेन्टमा नेहा झा, मिस कल्चर एंड टुरिस्टमा शारुन गामी मिस पपुलरमा स्मृति गिरि, मिस डिसीप्लेनमा सुनिता पुन तथा मिस बेस्ट वाकमा कौशिला लामा भएका छन्।

न्युयोर्कस्थित नैतिक संस्कृति संगीत सभा कक्षमा भएको कायर्क्रम नेपालको पुनर्निर्माणमा सहयोग गर्ने उद्धेश्यले आयोजना गरिएको हो। मिस नेपाल युएस प्रतियोगितामा बलिवुडकी अभिनेत्री मनिषा कोइराला तथा अभिनेता गुलशन ग्रोभरको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा सीएनएन तथा फक्स न्युजका पूर्वसमाचार वाचिका किरण क्षेत्री तथा २०१० की विश्व सुन्दरी प्रतियोगिताकी प्रथम उपबिजेता ईमा वारस तथा अन्य अन्तर्राष्ट्रिय स्तरका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रम सहित भब्यरुपमा सम्पन्न भएको छ।

पाँचौं मिस नेपाल युएस प्रतियोगितामा अमेरिकाका बिभिन्न राज्यहरुबाट अन्तिम १० स्थानमा पर्ने प्रतियोगीहरुमा बिभूति बराल, लस् एन्जेलस; दिभ्या भण्डारी म्यारिल्याण्ड ; ज्योत्शाना पराजुली ओहायो ; कौसली लामा मिनेसोटा; नेहा झा टेक्सास; प्रियंका थपलिया नर्थ क्यारोलिना; रचना ज्ञवाली मिनेसोटा; स्यारोन गामी न्युयोर्क; स्मृति गिरि क्यालिफोर्निया तथा सुनिता पुन ब्रिटिश कोलम्बियाका सुन्दरीहरुले भाग लिएका थिए।

कार्यक्रमको उद्घाटन न्युर्योकस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत नारायण प्रसाद मैनालीले गरेका थिए। मुख्य आयोजक मिस नेपाल युएस हो भने कार्यक्रमको सभापतित्व डा बिनोद शाहले गरेका थिए।

लामो समयको मेहिनतपछि अन्तमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा मिस नेपाल युएसका संस्थापक अमित शाह तथा संचालक समितिका निर्देशक सैलेश श्रेष्ठले खुसि व्यक्त गर्दै यो दिर्घकालिन परियोजना भएकोले अझ यसलाई माथि उठाउने प्रयाश आफूहरुले गर्ने बताए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8150