Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमाअोवादी फेरि फुट्ने

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता बाबुराम भट्टराईको गुटगत संघर्ष चलिरहेकै बेला एमाओवादीमा अर्को गुट जन्मिएको छ।

पूर्व एकता केन्द्रबाट आएका नेताको एक समूहले शनिबार भेला गर्दै अध्यक्ष दाहालको नेतृत्वमा एमाओवादी अघि बढ्न नसक्ने निष्कर्ष निकालेको समाचार नागरिक दैनिक छापेको छ।

ताहाचलमा राज्य समितिस्तरीय भेला गर्दै उनीहरुले एमाओवादी कम्युनिस्ट पार्टी नरहेको र दाहालको नेतृत्वमा आन्दोलन अघि बढ्न नसक्ने ठहर गरेका छन्। भेलामा अमिक शेरचन, लीलामणि पोखरेल, आहुति, प्रकाश पोखरेल, अञ्जना बिसंखे, विद्यार्थी नेता जागृत रायमाझीलगायत सयभन्दा बढीको सहभागिता थियो।

पार्टीमा भूमिकाविहीन बन्दै आएका शेरचनले नयाँ आन्दोलनका लागि भन्दै लामो समयदेखि पूर्व एकता केन्द्रका सदस्यलाई एकताबद्ध गर्ने प्रयास गरिरहेका थिए। एमाओवादीमा आर्थिक अनियमितता छानबिन समितिमा समेत रहेका शेरचन आफ्नो प्रतिवेदन सार्वजनिक गर्न नपाउँदासमेत असन्तुष्ट बनेका थिए। विगतका राजनीतिक घटनाक्रममा अग्रमोर्चामा रहेका शेरचन पछिल्लो समय एमाओवादीमा भूमिकाविहीन थिए।





Comments

comments

Leave a Reply

8180