Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनआरएन अमेरिकाको विवाद अदालतमा पुग्यो

विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी।
गैरआवासीय नेपाली संघ अमेरिका राष्ट्रिय समन्वय समिति अमेरिकाको गत अप्रिल महिनामा भएको निर्वाचनको बिषयलाई लिएर चुनावी मैदानमा अध्यक्ष तथा अन्य पदमा उम्मेदवार भएका प्रत्यासीहरुले परिणामप्रति असन्तुष्टी जनाउदै अगस्त १९ तारिख टेनेसी राज्यमा मुद्धा दायर गरेका छन्।

गत अप्रिल १६ देखि अप्रिल २० तारिखसम्म निर्वाचन बिद्युतीय प्रक्रिया तथा हुलाकी प्रणालीद्वारा गरिएको निर्वाचनको परिणाम अप्रिल २५ तारिख न्यु योर्कमा नतिजा घोषणा निर्वाचन आयोगका प्रमुख अधिवक्ता बिनोद रोकाले गरेका थिए।

निर्वाचन परिणामप्रति तत्कालिन समयमा नै बिरोध गर्दै आएका निर्वाचनमा उम्मेदवारहरुले न्यायका लागि अगस्ट १९ तारिखका दिन दि चान्सरी कोर्ट फर रुदर फोर्ड काउन्टी टेनेसीमा दर्ता गराएका हुन्।

अदालतको ढोका ढकढकाउनु अगाडि दुवै पक्षले विवादको समाधान गर्ने समिति समेत निर्माण गरेको थियो। दुवै पक्षबाट बनाईएको समस्या समाधान समितिले विवाद बिषयमा किनारा नलगाउन नसकेपछि बाध्य भै अदालतमा जानु परेको बताएका छन्।

उक्त मुद्धा १० जना उम्मेदवारले अगस्त १९ तारिख ३ बजेर ३० मिनेटमा दर्ता गराएका छन् भने मुद्धा हालिएको दर्ता संख्या १५ cv -११७८ रहेको छ।

अमेरिका टेक्सास राज्यका एनआरएन अन्तर्राष्ट्रियका पूर्व महासचिब रतन झाले पनि अध्यक्ष पदको लागि उम्मेदवारी दिई सकेका छन्। आउदो अक्टोबरमा नेपालमा हुने सम्मेलन एकातिर नजिकिदै जाँदा अदालती कारवाहीले नराम्रो संदेश जाने संकेत देखिएको छ।





Comments

comments

Leave a Reply

8163