Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नइ यउजा (चित्रकारिता) पुरस्कारको स्थापना

एचकेनेपाल डट कम – नइ प्रकाशनले स्रष्टा तथा राजनीतिज्ञ यज्ञप्रसाद आचार्य र उनकी धर्मपत्नी उमा आचार्य तथा उनीहरूका दिवङ्गत पनाति जाग्रव निरौलाको सम्मानमा नइ यउजा पुरस्कारको स्थापना गरेको छ।

चित्रकारिताका क्षेत्रमा एक वर्ष विराएर प्रदान गरिने यस पुरस्कारको राशि पचास हजार रूपियाँ रहने छ। यस प्रयोजनका लागि आचार्य दम्पती तथा ज्योति निरौला र जुनु लुइँटेलले नइ प्रकाशनको अक्षयकोषका लागि छ लाख रूपियाँ प्रदान गरेका छन्।

नइ प्रकाशनबाट २७ वटा पुरस्कार स्थापना भैसकेको र संस्थाले हरेक वर्ष ११ लाख रूपियाँ राशिका पुरस्कार प्रदान गर्दै आएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए। नइ प्रकाशनमा हाल एक करोड पचास लाख रूपियाँ राशि अक्षयकोषमा रहेको छ।





Comments

comments

Leave a Reply

8165