पहिरामा खसेको ढुंगा लागेर प्रहरीको मृत्यु…

मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुंगा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।

फाइल फोटो

जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैंसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो।

भिमफेदी गाउँपालिका–२ भैंसेमा सुक्खा पहिरासँगै खसेको ढुंगाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिए।

‘बिहीबार भैंसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका समयमा उहाँ चिप्लिएर घाइते हुनुभएको थियो’, उनले भने, ‘हेटौंडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुंगा लागेर नेपाली पुनः घाइते भएपछि अस्पताल पुर्‍याइएको थियो।’

नेपालीसँगै प्रहरी जवान सुनिल मेचे पनि घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको कार्कीले बताए।

मृतक नेपाली जाजरकोटको शिवालय नगरपालिका–८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। उनको शव आज परिवारलाई जिम्मा लगाइ जाजरकोट पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता कार्कीले बताए।

रासस

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

82248