सुदूरपश्चिम प्रदेशमा रिटर्नी सेन्टर नेपालको भेला हुने…

रमेश खावाजु –
काठमाडौ, आउदो साउन ३० गते रिटर्नी सेन्टर नेपालले सुदूरपश्चिम प्रदेशको भेला धनगढीमा गर्ने भएको छ।

रिटर्नी सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशको इन्चार्ज अस्मित सिंहले उक्त भेलामा सुदूरपश्चिमका ९ वटा जिल्लामा तदर्थ समिति बनाउने तथा असोजको अन्तिम सातामा प्रदेशको तदर्थ समितिको भेला गर्ने बताए। उपाध्यक्ष सिंहले आफूले पार्टीको तीन महिने अभियानसंगै पार्टी संगठन तथा रिटर्नी सेन्टर नेपाललाई सुदूरपश्चिमका गाउंगाउंमा, घरघरमा प्रचार प्रसार गर्ने तथा बिदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार,उत्पादनसंग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताए। सिंहले पार्टीका जिल्ला संयोजक, सचिब कमरेडहरुले उक्त बैठक भेलामा आफ्नो जिल्लाबाट प्रतिनिधि पठाउन आवश्यक सहयोग गरिदिनहुन आग्रह गरेका छन्।

बिदेशमा सिकेको सीप ,श्रम पूंजी नेपाल विकासमा खर्चने तथा उत्पादनसंग जोड्न सहकारी पद्धतिमा सामूहिक रुपमा लगानी गर्ने उदेश्यले स्थापित रिटर्नी सेन्टर नेपाल नेकपा माओबादी केन्द्रको २४ औं भातृ संगठन हो।

गत जेष्ठ २६ गते काठमाडौको कोटेश्वरमा पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय भेला गराई औपचारिक रुपमा “रिटर्नी सेन्टर नेपाल” उद्घाटन गरेका थिए। उक्त भेलामा केन्द्रदेखि पालिकासम्मको संगठन विस्तार गरी आगामी ६ महिनाभित्र अधिवेशन गर्नको लागि देवेन्द्र सम्बाहाम्फेको संयोजकत्वमा ९९ जनाको तदर्थ केन्द्रीय कमिटि बनाएका थिए। २ महिनाको छोटो अवधिमै द्रुत गतिमा ७ वटा प्रदेश तथा जिल्ला जिल्लामा भेला गरि नयाँ नेतृत्व चयन गरि संगठनको विस्तार भइरहेको जानकारी केन्द्रिय संयोजक देबेन्द्र सम्बाहाम्फेले बताए।





Comments

comments

82253