जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनाको विरोधमा धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ मा विरोध प्रदर्शन गरिएको छ। घाइते यादवको निर्वाचन क्षेत्र समेत रहेको क्षेत्र नम्बर ४ को जनकपुरधाम–ढल्केवर सडकखण्डको लक्ष्मीनिया बजारमा चक्काजाम गरिएको हो।
चक्काजामका कारण सयौं सवारी साधनहरु रोकिएका छन् । सवारी साधनहरु रोकिएपछि यात्रुहरु अलपत्र परेका थिए।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि दिउँसो काठमाडौंमा भएको सांघातिक आक्रमणको विरोध गर्दै युवकहरुले चक्काजाम गरेको हो। यादवमाथि खुकुरी प्रहार भएपछि जनकपुरसहित धनुषाको विभिन्न स्थानमा आक्रोसको माहौल उत्पन्न भएको छ।
कांग्रेसका क्षेत्रीय सभापति धनुषा निर्वाचन क्षेत्र नं। ४ का भरत यादवको नेतृत्वमा कांग्रेस निकट विद्यार्थी युनियन, युवा संघ र स्थानीय जनताद्वारा राजमार्गमा चक्का जाम गरी विरोध गरेका हुन् । लक्ष्मिनियाँमा गरिएको चक्काजाम प्रशासनको टोली पुगेर खुलाएका थिए।
रासस