दौत्य सम्बन्ध सुरु भएको ७५ औं बर्ष पुगेको खुसियालीमा आयोजित ५ दिने कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। नेपाल र अमेरीकाबीच दौत्य सम्बन्ध सुरु भएको ७५ औं बर्ष पुगेको खुसीयाली मनाउन आयोजित ५ दिने कार्यक्रम कोलोराडोमा मंगलबार सम्पन भएको छ।

कोलोराडोका गभर्नर जेडर पोलीस र अमेरीकाको लागि नेपालका राजदूत श्रीधर खत्रीबाट पानसमा बत्ती बालेर संयुक्त्त रूपमा शुरू गरिएको कार्यक्रम मंगलबार राजदूताबासको कन्सुलर सेवा शिविर सकिएसंगै सम्पन्न भएको हो।

सेप्टेम्बर २ देखि ५ तारिखसम्म संचालित कन्सुलर सेवा शिविरमा ४ सय ७८ जनाले प्रत्यक्ष सेवा पाएको दूताबासका नियोग उपप्रमुख कुमार खरेलले बताए। राजदूत श्रीधर खत्रीको नेतृत्वमा दूतावासबाट ५ सदस्यीय टेली कोलोराडो आएकोमा राजदूत खत्री र आर्थिक सल्लाहकार होमकान्त भण्डारी उद्घाटन सत्र र फोरम सकेर फर्किएको र दूताबासका ३ कर्मचारी तथा भोलेन्टियरहरूको सहयोगमा शिविर सम्पन्न भएको उपप्रमुख खरेलले बताए।

कन्सुलर सेवा शिविरे सेवा लिन New Mexico, Utah, Kansas, Oklahoma, California, Washington, South Dakota, Illinois, Indiana, Massachusetts, Taxes लगायतका स्टेटहरूबाट नेपालीहरू कोलोराडो आएका नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताए।

त्यसैगरी, चार दिनसम्म संचालित शिविरमा ६० जना बढी भोलेन्टियरहरू अहोरात्र खटेर कार्यक्रम सम्पन्न पार्न मद्दत गरेको एनआरएन कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष आरसी पन्तले बताए। यसैगरी, शिविरमा Big Daddy Pizza, Sherpa kitchen, Spice India, Yak & Yeti, Sherpa Chai, Durbar लगायतका Restaurant बाट भोलेन्टियरहरूलाइ निशुल्क खाना तथा चिया उपलब्ध गराइएको पन्तले बताए।

हेल्पिङ हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठको नेतृत्व तथा कोलोराडोमा नेपाली तथा नेपाली भाषी समुदायबीच क्रियाशिल डेढ दर्जनभन्दा बढि संघ संस्थाहररू र नेपाली सोसाइटी टेक्सासको आयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा उपस्थित बिभिन्न वक्ताहरूले नेपाल र अमेरीकावीच दौत्य सम्बन्ध बारे आ‒आफ्नो धारणा राखेका थिए। उनीहरूले नेपाल र अमेरीकाबीच गहिरो सांस्कृतिक, आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक, संचार लगायतका बिभिन्न पारस्परिक सम्बन्ध रहेको भन्दै यो सम्बन्ध अगामी दिनमा अझ प्रगाड हुदै जाने बिश्वास ब्यक्त्त गरेका थिए।

लङमन्टस्थित बोल्डर काउन्टि फेयर ग्राउन्डमा सेक्टेम्बर १ र २ तारिख उद्घाटन सत्र, बिभिन्न चार फोरम र राजु लामाको लाइभ कन्सर्ट सम्पन्न भएको थियो। त्यसैगरी, वेष्टमिनिष्टर स्थित Drury Inn and Suites होटलमा सेक्टेम्बर २ देखि ५ तारिखसम्म कन्सुलर सेवा शिविर संचालन भएको थियो।





Comments

comments

84023