एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको छ।

नेम्वाङको राति १ बजे हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज उपचारको लागि पुर्‍याइएको थियो। तर, नेम्वाङको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू त्रिवि शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टी अध्यक्ष ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत शीर्ष नेताहरू शिक्षण अस्पतालमा पुगेका छन्।

नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहंदै आएका थिए।

चारपल्ट सर्वसम्मत सभामुख बनेका नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य र मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए।





Comments

comments

84338