कोलोराडो नेपाली सांस्कृतिक केन्द्र मर्मतसंभारको ठेक्का सम्झौता सम्पन्न, झण्डै ४ लाख डलरमा निर्माण गरिने…

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। कोलोराडोमा रहेको नेपाली सांस्कृतिक केन्द्र भवन संचालनमा ल्याउन स्थानीय सिटीले दिएको कोड अनुसारको बहिरी भागको निर्माण तथा मर्मत संभारको लागि ठेक्का समझौता सम्पन्न भएको छ।

सांकृतिक भवनको परिसरमा पार्किङलट बनाउन, पर्खाल लगाउन,Utility तथा Land Scaping समेतका लागि गरिएको बोलपत्रको अह्वानमा ५ वटा कम्पनीले भाग लिएका थिए। त्यस मध्येमा Valley Asphalt & Concrete कम्पनीबाट प्राप्त बोलपत्र स्वीकृत गरी निर्माण संझौता गरिएको हो।

आइतबार सम्पन्न गन्यमान्य, बुद्धिजीवी, समाजसेवी, संघ संस्थाका पदाधिकारीको संयुक्त भेला माझ Valley Asphalt & Concrete कम्पनीले कबुल गरेको ३ लाख ९९ हजार ६ सय ६० डलरमा निर्माण सम्पन्न गर्न कम्पनीका प्रतिनिधी, नेपाली घरका अध्यक्ष, Land Scaping Committee का सदस्यहरूबाट हस्ताक्षर गरि संझौता सम्पन्न गरिएको नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताए।

कार्यक्रममा स्थानीय संध संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले सांस्कृतिक केन्द्र संचालनमा ल्याउनका लागि आ आफ्नो तर्फ़बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्। जसअनुसार हेल्पिङ हेण्डका अध्यक्ष तथा कोलोराडोमा नेपाली समुदायका अभिभावक नारायण श्रेष्ठले कोलोराडोमा नेपाली भाषी समुदायको लागि एउटा देखिने महत्वपूर्ण काम भएकोमा खुशी ब्यक्त गर्दै यसलाई पूरा गर्न आफू लागी पर्ने बताएका छन्। समाजसेवी डा. विजयराज शर्माले सांस्कृतिक केन्द्र संचालनको प्रकियामा भएका क्रियाकलापमाथि संतोष ब्यक्त गर्दै यो अभियानमा सबै कोलोराडोबासी नेपाली समुदायलाई जोड़िन अनुरोध गरेका छन्।

त्यसैगरी समारोहमा उपस्थित दाताहरूले नेपाली सांस्कृतिक केन्द्रलाई थप सहयोग प्रदान गर्ने प्रतिबद्दता जनाएका छन्। यसरी प्रतिबद्दता जनाउनेहरूमा कोलोराडोमा नेपाली समुदायका अभिभावक नारायण श्रेष्ठले १ लाख डलर (स्मरण रहोस् नारायण श्रेष्ठले गत August 6th. मा आयोजित Found Rising Dinner Program बाट नेपाली घरलाई $45,177.34 उपालब्ध गराइ सकेका छन्) समाजसेवी तथा सफल ब्याबसायी गंगा चौलागाइले अरोरा सेन्टिनीयल सजाजको तर्फ़बाट ५० हजार डलर, नेपाली घरका पूर्व अध्यक्ष योगगराज गौतमले थप १० हजार डलर, समाजसेवी तथा Land Scaping Committee Resource Person पदम बिश्वकर्माले थप ५ हजार डलर सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् । त्यस्तै मगर संघ कोलोराडोका अध्यक्ष कृष्ण मगरले २ हजार ५ सय डलर नेपाली घरका उपाध्यक्ष तथा Land Scaping Committee का सदस्य बसन्त लम्सालले थप २ हजार ५ सय डलर सहयोग गर्न प्रतिबद्दता जनाएको नेपाली घरका अध्यक्ष ढकालले बताएका छन्।





Comments

comments

84522