मिस धरान आइकन २०२३ दोस्रो संस्करणको अडिशन शुरु…

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-

धरान। धरानस्थित हाङ्गकोक सारंग कोरियन रेस्टुरेन्टमा ‘मिस धरानआईकन “को दोस्रो संस्करणको पहिलो अडिसन मंगलबार सम्पन्न भएको छ।

–

अनलाइन फर्म तथा धरानका बिभिन्न कलेज एक्टिभेशन पश्चात भएको पहिलो अडिसनमा ११ जना प्रतियोगीहरुले भाग लिएका थिए।

–

धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा ” मिस धरान आईकन २०२३ ” हुन लागेको हो। कम्तीमा एसईई उत्तीर्ण धरानका युवतीहरु भाग लिन पाउने ” मिस धरान आईकन २०२३ “को पहिलो अडिसनमा निर्णायकहरु कोरियोग्राफर प्रोजिता लामा, मिस धरानआईकन फर्स्ट रनर अप प्रेजिना राई र सेकेन्ड रनर अप श्वेता बिस्वकर्मा पोख्रेल रहेका थिए।

–

यस्तै मिस धरान आइकन को अफिसियल फेसबुक पेज www.facebook.com/missdharaniconofficial मा रहेको अनलाइन फर्म https://shorturl.at/ghkNT मार्फत आवेदनहरू दिन सकिने आयोजक हरिहाङ्ग तिगेलाले बताए।

–

यही हफ्ता अन्य अडिसन गरी छानिएका प्रतियोगीहरुलाई २० दिनको प्रशिक्षण दिईनेछ। मिस धरान आइकन २०२३ को कोरियोग्राफी मिस तामाङ २०१९ प्रदेश १ बिजेता तथा मिस टुरिज्म क्विन वर्ल्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल बिजेता प्रोजिता लामाले गर्नेछिन्।

–

छानिएका प्रतियोगीहरुलाई व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ।

–

मिस धरान आइकन २०२३ बिजेता , फर्स्ट रनर अप, सेकेन्ड रनर अप संगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब – टाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। बिजेताले पचास हजार , फर्स्ट रनर अपले तीस हजार र सेकेन्ड रनर अपले बीस हजार लगायतका बिभिन्न पुरस्कार पाउनेछ भने ट्रेनीङ्ग खर्च पाँच हजार मात्र राखिएको ब्ल्याक पिग इन्टरटेनमेन्टका हरिहांग तिगेलाले बताए।

मिस धरान आइकनको पहिलो संस्करणको बिजेता आसमाया राई , फर्स्ट रनर अप प्रेजिना राई र सेकेन्ड रनर अप श्वेता बिस्वकर्मा पोख्रेल भएका थिए। मिस धरान आइकन२०२३ को ग्रान्ड फिनाले आगामी असोज २६ गते शुक्रबार धरानमा हुनेछ।

–
–
–
–




Comments

comments

84526