कोलोराडोमा सामूहिक तीज पूजा सम्पन्न

नातिबाबु भट्ट –
कोलोराडो, अमेरीका। हिन्दू नारीहरुको महान चाड तीजको पावन अवसरमा कोलोराडो निवासी महिला दिदीबहिनीहरुले एकै ठाउमा भेला भई सामूहिक तीज पूजा सम्पन्न गरेका छन्।

यहां सक्रिय सिष्टर्स ग्रुप दिदीबहिनी समूह कोलोराडोको आयोजनामा महिला दिदीबहिनीहरु नेपाली सांस्कृतिक केन्द्र भवनमा जम्मा भई विधि पूर्वक शिव पार्वतीको आरधना गर्दै तीज पूजा सम्पन्न गरेका हुन्।

तीजको पुजा लगाउन चाहने दिदी बहिनीहरुलाई सरल र सहज रुपमा पुजामा सहभागी गराउन सकियोस् र नेपाली सांस्कृतिक केन्द्र भवन हामी सबैको साझा सम्पत्ति हो भन्ने भावनाको बिकास गर्न सकियोस् भन्ने उद्धेश्यले सांस्कृतिक केन्द्र भवनमा पहिलो सामूहिक तीज पूजाको आयोजना गरिएको सिष्टर्स ग्रुप दिदीबहिनी समूह कोलोराडोका अध्यक्ष धन पौडेले बताएकी छिन्।

बिहान १० बजेदेखि दिउसो ३ बजे सम्म संचालित पुजा पंडित चिरन्जीवी पौडेलले हिन्दु धर्म संस्कृति अनुसार संचालन गरेका थिए। तीज पुजा सफलताका साथ सम्पनन गराउन नेपाली घर, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपाल लगायतका संघ संस्थाका पदाधिकारीहरु भोलेन्टियरका रुपमा कार्यक्रम स्थलमा खटेका थिए।

कार्यक्रममा उपस्थित दिदीबहिनीहरुलाई धन पौडेलले स्वागत गरेकी थिईन्। त्यसैगरी नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले यो नेपाली सांस्कृतिक केन्द्र तपाई हामी सबैको साझा सम्पत्तीि भन्दै कार्यक्रममा उपस्थित भई पुजा सम्पन्न गरेकोमा सबै दिदीबहिनीहरुलाई धन्यवाद दिएका थिए। उनले यस केन्द्रलाई पुर्ण रुपमा संचालनमा ल्याई निरन्तरता दिन सबैको सहयोग आवश्यक भएकोले उपस्थित सबै दिदीबहिनीहरुलाई यथासक्य सहयोग गरी यस महाअभियानमा जोडिन अनुरोध गरेका थिए । यसैगरी हिन्दु सनातन मन्दिर ब्राइटन लगायत कोलोराडोका बिभिन्न शिव मन्दिरहरुमा पनि आरध्य देव शिवको आरधनासहित नाचगान भजन कृतन गदै तीज पूजा सम्पन्न गरिएको थियो।





Comments

comments

85004