ताप्लेजुङको भानु माविको वृहत भेलाद्वारा समिति गठन

चन्द्र मादेन आन्छन –

अनामनगरस्थित तमु वौद्ध गुम्वाको सभाहलमा ताप्लेजुङको भानु मा.वि. का पूर्व विद्यार्थीहरुको वृहत भेलाले शनिवार इन्जिनियर मेघेन्द्र कु. श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय ” भानु पूर्व विद्यार्थी” (आल्मुनाई) तदर्थ समिति गठन गरेको छ।

मितिमा सदस्यहरु हाल काठमाडौंवाट टंक श्रेष्ठ, पूर्व प्रअ विमला सुव्वा, पूर्व प्रअ तुलाराम गुरुङ, लेखनाथ गौतम, सुशील अधिकारी, पासाङ लामा, रमेश बराल, सागर लम्साल, सुदेश सिवा, ई महेन्द्र पराजुली, खड्क व. कार्की, पूर्व प्रधानपञ्च ध्रुव नारायण श्रेष्ठ, प्राज्ञ माधव प्रधान, डेलमान गुरुङ, चन्द्र मादेन आन्छन, सुनसरीवाट लक्ष्मी मादेन, वासुदेव गौतम, ताप्लेजुङवाट केशव दाहाल, दिलीप श्रेष्ठ र आस्ट्रेलियावाट राम कडरीया रहनुभएको छ।

नवगठित तदर्थ समितिले आगामी दिनमा समाजको नयाँ विधान, हिरक महोत्सव, भानु स्मारिका, नयाँ साधारण र आजीवन सदस्य विस्तार गर्ने, देश विदेशमा रहेका पूर्व विद्यार्थीलाई समेटेर लाने, रचनात्मक सामाजिक कार्य गर्ने, दुःख सुख वाँड्ने आदि योजना र उद्देश्य रहेको छ।

समितिले डेलमान गुरुङ, तुलराम गुरुङ र ई महेन्द्र पराजुली तीनजनालाई विधान मस्यौदा तैयारीको जिम्मा दिएको छ । वि.सं. २०२१ सालमा एसएलसी दिएका पुराना विद्यार्थीदेखि लिएर २०४८ साल सम्मकालाई समेटिएको यो समितिमा आगामी दिनमा भानुका पूर्व विद्यार्थीहरु सवैलाई आवद्ध हुन समितिले अनुरोध गरेको छ।

स्मरणीय रहोस – तत्कालीन भानु जन मा.वि. राणा शासनकै वेला वि. सं. २००६ सालमै हर्कजङ मादेनको अध्यक्षतामा स्थापना भएको थियो भने गोरख प्यारा श्रेष्ठ, एन डी सर आदि जस्ता माहिर र उम्दा गुरुहरुको मिहिनेत र उत्पादनले राष्ट्रका मन्त्री, सभासद, साहित्यकार, डाक्टर, इन्जिनियर, अधिकृत, उध्योगपति, पत्रकार, वकिल आदि अनगिन्ती व्यक्तित्वहरु जन्माए।

हाल उक्त भानु माध्यमिक विद्यालय उच्च मा.वि.मा स्तर उन्नति भएको छ भने पढाई र खेलकुदमा निजी विद्यालयसंग प्रतिस्पर्धा गर्न सकेकोले भर्नामा सधैं अचाक्ली चाप वढेकोले वर्षेनी कोटा फूल हुने गरेकोछ। सैंयौको सो भेलामा देशका पूर्व सचिव, पूर्व जर्नेल, कर्णेल, डाक्टर, इन्जिनियर आदि विज्ञ व्यक्तित्वहरुको उपस्थित रहेको थियो।





Comments

comments

85948