Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पपीडितलाई नेवार समाज हङकङद्वारा जस्तापाता सहयोग

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
हङकङमा बसोबास गर्ने नेवारहरुको संगठन नेवार समाज हङकङले दुईपीपल–१ नुवाकोटका भूकम्पपीडित चार परिवारका लागि प्रतिपरिवार दुई बन्डलका दरले जस्तापाता उपलब्ध गराएको छ।

भूकम्पपीडित शान्ता परियार, चेतबहादुर लामिछाने, अर्जुन नेपाल र शारदा नेपाललाई जस्तापाता उपलब्ध गराइएको हो। गत शनिवार सिल्भर इन्टरटेन्मेन्टको संयोजनमा जस्तापाता खरिद गरेर नेवार समाजका सल्लाहकार सम्राट श्रेष्ठ, सिल्भरका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ र मिस पूर्वाञ्चल प्रियंका श्रेष्ठले संयुक्त रूपमा जस्तापाता हस्तान्तरण गरेका थिए।

नेवार समाज हङकङका अध्यक्ष शत्रुघ्न उदासले स्थायी घर बनाउनका लागि पनि समाजले सहयोग गर्ने बताए। अस्थायी टहरा निर्माण र राहत वितरणमा समाजले भूकम्प प्रभावित विभिन्न जिल्लामा सहयोग गरेको बताउँदै हङकङमा रहेका नेपालीका तर्फबाट स्थायी घर निर्माणमा पनि सहयोग गर्न रकम संकलन गर्ने क्रम जारी रहेको उदासले बताए।

हङकङमा रहेर नेवारी संस्कृतिलाई परदेशमा पनि जगेर्ना गर्ने तथा सामाजिक सद्भभावका काममा अघि बढ्ने उद्देश्यले समाजको स्थापना भएको हो।





Comments

comments

Leave a Reply

8732