नेपालको संविधान हङकङमा जलाइयो (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता-
२१ सेप्टेम्बर। नेपालमा नयाँ संबिधान जारी भइरहंदा हङकङमा भने त्यसको विरोधमा नेपालको प्रतीकात्मक संबिधान जलाइएको छ।

Watch Video:

Camera: Jagat Ambu Gurung
Edit: Pashan Tamoo
Video: HKNepal.com

समावेशी नेपाली समाज–इन्स, नेपाल आदिवासी जनजाति महासंघ र संघीय लिम्बुवान पार्टी प्रवास समिति हङकङको आयोजना नेपालको प्रतीकात्मक संबिधान जलाइएको हो।

जोर्डनस्थित किङ जर्ज ५ पार्कमा आयोजित कार्यक्रमको शुरुवातमा इन्सका कार्यवाहक अध्यक्ष हेजेन राईले विज्ञप्ति वाचन गरेका थिए। विज्ञप्तिमा विश्वभर रहेका नेपालीको युगौंदेखिको चाहना संविधानसभाबाट पारित संविधान आज प्रतिक्रान्तिको साधन बनिएको उल्लेख गर्दै यस अवस्थामा हङकङमा रहेका हामी पहिचानवादी, परिवर्तनकामी र मुक्तिकामी नेपालीहरु ‘नेपालको संविधान २०७२’को विरोध गर्दछौं, भनिएको छ।

‘नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)ले एकपक्षीय रूपमा घोषणा गरेको संविधानको विरुद्धमा जनताको ठूलो हिस्सा खासगरी आदिवासी जनजाति, मधेसी, खस, दलित, मुस्लिम, महिला, पिछडा वर्ग लगायत सम्पूर्ण उत्पीडित वर्ग तथा समुदाय रहेका छन्। देश आज संवैधानिक प्रतिक्रान्तिको विरुद्ध सङ्घर्षको अवस्थामा रहेको छ। संविधानको घोषणा शासक वर्ग र समुदाय/जातिका लागि खुसियाली र उत्पीडित वर्ग तथा समुदायका लागि युद्धको घोषणा जस्तो भएको छ ।’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा २०६२/६३ सालको जनक्रान्ति, १० वर्षे जनयुद्ध, मधेश जनविद्रोह, आदिवासी जनजाति, खस, शिल्पी/दलित, मुस्लिम, महिला समुदायहरू र मजदुर, किसान लगायत उत्पीडित वर्गले गरेको सङ्घर्ष एवम् क्रान्तिको जनादेश तथा आन्दोलनका बेला गरिएको सम्झौता र सहमतिलाई तोडेर संविधान सभाले संविधान पारित गरेको छ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्ष र विद्रोहबाट प्राप्त युगान्तकारी परिवर्तनका उपलब्धिहरू समाप्त गरेको छ। सम्पूर्ण नेपाली जनताले उत्सवको रुपमा लिनु पर्ने संविधान घोषणा सुरक्षाकर्मीको घेराभित्र भइरहेको छ। संविधान घोषणाको लागि मुलुकमा सेना परिचालनसहित कफ्र्यु जारी गरिएको उल्लेख गरिएको छ।

कार्यक्रमको अन्तमा अध्यक्ष राई, जनजाति महासंघका अध्यक्ष मैनबहादुर थापा मगर र लिम्बुवान पार्टीका सचिव जहरमान लिम्बूले संयुक्त रुपमा प्रतीकात्मक संविधानको प्रतीक जलाएका थिए। कार्यक्रममा सहभागीहरुले विरोधको प्रतीकको रुपमा कालो झण्डा प्रदर्शन गरेका थिए।

प्रहरीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा इन्सका सचिव किसन राईले स्थानीय कानुनको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य हुनेमा जोड दिएका थिए। कानुन अनुसार सार्वजनिक स्थलमा ३० जना भन्दा बढीको भेलालाई अनुमति लिनु पर्ने हुन्छ।

हिंसा र विरोधबीच नेपालको नयाँ संबिधान यसरी जारी भयो हेर्नुहोस् भिडियो
राष्ट्रपति डा. रामवरण यादवको पूर्ण वक्तव्यसहित….

नेपालको संविधान हङकङमा जलाइयो

Posted by HKNepal.com on Monday, 21 September 2015

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8743