संविधानको स्वागतसंगै नेपाल पुनर्निर्माणको लागि सहयोग संकलन

नतिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरीका। नेपालमा जारी भएको संविधानको खुसियालीमा कोलोराडोमा दीप प्रज्वलनसंगै नेपाल पुनर्निर्माणको लगि सहयोग संकलन गरिएको छ।

बोल्डरस्थित शेर्पा रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा लामो समयको प्रतिक्षापछि नेपालमा संविधान जारी भएकोले अब शान्ति सुव्यवस्था भई मातृभूमि उन्नति र प्रगतिको बाटोतर्फ लम्कन लाग्यो भन्दै खुसि साटासाट गरेका हुन्।

कोलोराडोमा लामो समयदेखि क्रियासिल डाईनामिक बुनाको संयोजनमा यहांस्थित संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, नेपालप्रति आस्था र सद्भाव राख्ने स्थानीयबासी, व्यबसायी, पत्रकारहरुको तथा गन्यमान्यको बाक्लो उपस्थिती रहेको कार्यक्रममा मातृभूमिमा गएको भूकम्प पीडित दृष्टिबिहिनहरुको लागि सहयोगार्थ सहयोग संकलन गरिएको थियो।

मातृभूमिलाई पीडा परेको बेला संसारभरि छरिएर रहेका नेपाली तथा नेपालप्रति आस्था र सद्भाव राख्नेहरुको हात सल्वलाई रहेको बेला बिगत २० बर्षदेखि अमेरिका बस्दै आएकी बुना दाहाल चुप लागेर बस्न सकिनन्। उनले अमेरिकामा नेपाल पुनः निर्माण सम्बन्धि अभियान चलाईन्। उनको अगुवाईमा नेपाली समाज, स्थानीय बासिन्दा, संघ संस्था, स्थानीय सरकार सवैको सहयोगमा भूकम्पपछि नेपालमा १५ मिलियन डलर भन्दा बढिको औषधी र उपचारका सामानहरु पठाई सकिएको छ। पठाईएका औषधीहरु विशेष गरि गोरखा र सिन्धुपाल्चोक लगायतका जिल्लाका भूकम्पपीडितहरुलाई बितरण गरिएको र उपचारका सामग्रीहरु कान्ति बाल अस्पताल, बीर अस्पताल, टिचिङ अस्पताल, काठमाण्डौं मेडिकल कलेजमा प्रयोग भई रहेको बुना बताउंछिन्।

अहिलेको यो पछिल्लो प्रोजेक्ट २ मिलियन डलरको भएको र यसले भूकम्पपीडित दृष्टिबिहिनहरुको क्षमता अभिबृद्धि गरि समुदायमा पुनस्र्थापन गर्न सहयोग पुग्ने उनको दावी छ। संकलन गरिएको सहयोगबाट दृष्टिबिहिनहरुका लागि अत्यावश्यक सेतो छडी लगायतका सहयोगी साधन किन्ने, मोबीलीटी तालिम दिने, शिक्षा र रोजगारीका अवसरहरु सृजना गर्न खर्च गरिने बताउने बुना स्वयं आफू पनि दृष्टिबिहीन रहेकी छिन्।

निकै मिठो अंग्रेजी भाषा बोल्न सक्ने बुना यहांको नेपालीहरु मात्र नभई स्थानीय अमेरीकीहरुको मन जित्न सफल भएकी छिन् । बुना यहाको प्रायजसो सबै कार्यक्रमहरुमा सहभागी हुने गर्दछिन् । बोल्ने मौका पाउने बित्तीकै नेपाल पुनः निर्माणको कुरा उठाउन भुल्दिनन्। उनी आफ्नो मातृभूमिलाई दुःख परेको बेला सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने बताउछिन्। यो त सुरुवात मात्र हो अझ धेरै गर्न बांकी रहेको बताउने बुनालाई सम्पर्क गर्न चाहे ३०३.७५८.१२३१ मा सोझै कुरा गर्न सकिन्छ।

त्यस्तै उनको ईमेल [email protected] हो भने, उनको बारेमा बिस्तृत जानकारी लिन परे www.dynamicbuna.com मा गएर हेर्न सकिने छ ।





Comments

comments

Leave a Reply

8792