सबितालाई कोरियामा सम्मान गरिँदै

मीनप्रसाद उप्रेती-
सउल। अटिजम बालबालिकाहरुको हितमा काम गरेकी सबिता उप्रेतीलाई कोरियामा सम्मान गरिने भएको छ। अटिजम अभियान दक्षिण कोरियाले प्रदान गर्न लागेको पुरस्कार थाप्न उनी कोरिया जाँदैछिन्।

अटिजम अभियान दक्षिण कोरियाले यही सेप्टेम्बर २८ तारिख सोमबार सबिता उप्रेतीलाई एक समारोहबीच सम्मान गर्दैछ। अटिजम बालबालिकाहरुको हितको निम्ति नेपालमा उल्लेखनीय काम गरेको भन्दै अटिजम अभियान कोरियाले सबिता उप्रेतीलाई कोरियामा सम्मान गर्न लागिएको कार्यक्रम संयोजक विक्रम ठकुरीले बताए।

अन्तर्रास्ट्रियस्तरमा सम्मान पाई सकेकी सामाजिक अभियान्ता विशेष स्कुल तथा पुनःस्थापना केन्द्रकी संचालिका उप्रेतीलाई कोरियामा पनि सम्मान गर्न पाउनु कोरियाबासी नेपालीहरूको गैोरबको कुरा भएको संयोजक ठकुरीले बताए।

अटिजम अभियान कोरियाले सङ्कलन गरेको आर्थिक सहयोग सोही कार्यक्रममा हस्तान्तरण गरिने कार्यक्रम रहेको छ। कोरियाको जोगेसा गुम्बा कल्चर हलमा १२ बजे सम्मान कार्यक्रम हुँदैछ।





Comments

comments

Leave a Reply

8794
%d bloggers like this: