Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा सञ्चारमन्त्रीको पुत्ला जलाइयो

सुवास मल्ल/ एचकेनेपाल डट कम –
पोखरा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको पुत्ला जलाउँदै राजिनामा मागेका छन्।


काठमाडौंको प्रदर्शनीमार्गको आरआर क्याम्पस अगाडिको सडकमा पनि युवाहरुले मन्त्री रिजालको पुत्ला जलाएका छन्।

भारतीय टिभी च्यानलहरु प्रसारणमा रोक लगाएका केबल व्यवसायीहरुलाई स्पष्टिकरण सोधेको र २४ घन्टाभित्र केबल संचालन गर्नको लागि अल्टिमेटम दिएको विरोधमा सत्ताधारी नेकपा एमाले निकट अनेरास्ववियु समर्थित विद्यार्थीहरुले नै सरकारका प्रवक्ताको पुत्ला जलाएका छन्।

बुधबार साँझ सम्पन्न कार्यक्रममा विद्यार्थीहरुका साथै स्थानीय सर्वसाधारणहरुको पनि उपस्थिती रहेको विद्यार्थी नेता संकल्प ढुंगानाले बताए। पुत्ला जलाउँदै विद्यार्थीहरुले भारत सरकार, मन्त्री रिजाल र मधेशी दलहरु विरुद्ध पनि नाराबाजी गरेका थिए।

सो कार्यक्रममा बोल्दै अनेरास्ववियुका राष्ट्रिय परिषद सदस्य अनिलप्रसाद आचार्यले नेपाली जनता आफ्नो चुलोमा आगो नबले पानी पिएर बाँच्ने तयार भएको बेला मन्त्री रिजालको यो कदमले नेपाली जनताको भावनामा ठेस पुगेको बताए।

उता सोही कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेता संकल्प ढुंगानाले पिआर धारी मन्त्रीले भारतको एजेन्ट बन्न खोजेकोमा खेद प्रकट गरे। “विस्तारवादीहरुलाई सघाउ पुग्ने गरि कदम चालेर मन्त्रीले ठुलो गल्ती गरेका छन्”, ढुंगानाले भने, “यस्ता मन्त्रीले तत्काल राजिनामा दिनुपर्छ।”





Comments

comments

Leave a Reply

8899