Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोलोराडोमा पूर्वनेपाल सुन्दरीको सम्मानसंगै नेवारी फिल्म मायां प्रर्दशन गर्ने

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका, १४ जुन। कोलोराडोमा क्रियाशिल पांच संस्थाहरुले २०१३ की नेपाल सुन्दरी कोलोराडो निवासी ईशानी श्रेष्ठलाई संयुक्त रुपमा सम्मान गर्ने भएका छन्।

नेवा दःवु कोलोराडो सकृयतामा यसरी सम्मान गर्ने संस्थाहरुमा नेपाली घर, रकिमाउन्टेन फ्रेन्डस अफ नेपाल, अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर र तमुधी कोलोराडो रहेका छन्।

जुन २२ आईतबारका दिन बु्रमफिल्ड लाईब्रेरीमा आयोजना हुने कार्यक्रममा ईशानीको सम्मानपछि नेवारी फिल्म मायां प्रर्दशन गर्ने नेवा दःवु कोलोराडोका अध्यक्ष भुषण श्रेष्ठले बताए।

कोलोराडो निवासी नेवारी समुदायले नेवारी भाषा, संस्कृतिको संरक्षण र सम्र्वधन गर्ने उद्देश्यले नेवारी फिल्म मायां प्रर्दशन गर्न लागेका हुन। मायां फिल्म नेवारी भाषा संस्कृतिमा आधारित छ। एक उच्च तथा धनी बर्गको केटा र तल्लो बर्गकी केटी बिचको प्रेम कथामा आधारित चलचित्र मायां ज्यादै मार्मिक रहेको बताईएको छ।

सन् २०१० मा चौथो अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा छनौट हुन सफल फिल्म मायांको निर्देशक तथा प्रोडुसरद्वय आर्यम नकमी र सुनीता राजभण्डारी रहेका छन् भने कलाकारहरुमा श्लेषा श्रेष्ठ, आर्यन नकमी, मदनदास श्रेष्ठ, गणेशराम लाछी, सकुन्तला राजकर्णिकारलगायतका कलाकार रहेका छन्।

आगामी न्हूदँया भिन्तुना ११३५ प्रारम्भ हुने दिन अक्टोबर २४ का दिन नेवार समुदायको बिच अत्यन्त लोक प्रिय म्ह पुजा कार्यक्रम आयोजन गर्न सहयोगार्थ फिल्म प्रदर्शन गर्न लागिएको नेवा दःवुका मनोज तुलाधरले बताए।

त्यस्तै गरी नेवा दःवु कोलेराडोका मनोज तुलाधरले नेवारी भाषा र सँस्कृति जोगाईराख्न, तथा अमेरीकामा जन्मेहुर्केका बालबालिकाहरुलाई नेवारी भाषा संस्कृति पहिचाहान गराउन कार्यक्रम आयोजना गरिएको बताए।





Comments

comments

89