Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कास्कीमा पनि गणेशमान सिंह फाउण्डेशन गठन – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कास्कीमा पनि गणेशमान सिंह फाउण्डेशन गठन

राजबहादुर गुरुङ / एचकेनेपाल डट कम-
पोखरा। २०४६ सालको जनआन्दोलनका सर्बोच्च कमाण्डर गणेशमान सिंहको नाउंमा स्थापना भएको गणेशमान फाउण्डेशनको कास्की जिल्लामा समेत शाखा स्थापना भएकोे छ।

कास्कीका पुराना तथा युवा नेताहरुको बृहत भेलाले गठन गरिएको फाउण्डेशनको पदाधिकारीमा अधिकांश ०४६ सालको जनआन्दोलनमा सकृय रहेका पुराना नेताहरु रहेका छन्। फाउण्डेशनको अध्यक्षमा कास्की कांग्रेसका पूर्ब सभापति पुराना नेता खेमराज पौडेललाई चयन गरिएकोछ। त्यसैगरि उपाध्यक्षमा सिकन्दर कुमार गुरुङ, सचिबमा मुक्तिराम अधिकारी, कोषाध्यक्षमा सुनयना पालिखे र सहसचिबमा गौरी सापकोटा लाई चयन गरिएको छ।

त्यसै गरी सदस्यहरुमा भोला थापा,बिश्व सिग्देल, राजेन्द्रनिधि कोइराला,कृष्ण कुमारी परियार,बीरेन्द्र नारायण बिजुक्छे,राजेन्द्र रमण पराजुली,शिब प्रसाद पोखरेल, शेखर गुरुङ, अरुण गिरी र सञ्जय मुल्मीलाई सर्बसम्मतरुपमा चयन गरिएको छ।

त्यसैगरि सल्लाहकारहरुमा टंकमान नापित,शोभियत बहादुर अधिकारी, आनन्दराज मुल्मी,शंकर देबकोटा,पुलेन्द्रमान श्रेष्ठ,खेम कुमारी गुरु,मिना पाण्डे र कानुनी सल्लाहकारमा अधिबक्ता दिपक राज पौडेललाई चयन गरिएको कोषाध्यक्ष सुनयना पालिखेले जानकारी दिनुभएको छ।

भेलामा अधिकांश बक्ताले अहिलेको राजनीतिमा गणेशमान सिंहले देखाउनु भएको त्याग र निस्वार्थ राजनीतिमा लागेको बिषयलाई अनुशरण गर्न नसक्दा मुलुकमा अस्थिरता बढदै गएको, जनआन्दोलनका बेलामा निस्कृय रहने तर सहज बेलामा पद, प्रतिष्ठा खोज्ने प्रबृत्ति नेपाली राजनीतिमा हाबी हुंदै गएकोमा चिन्ता प्रकट गरिएको गणेशमान फाउण्डेशनका सचिब मुक्तिराम अधिकारीले जानकारी दिनुभएको छ।





Comments

comments

91