Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेवार महिलाहरुको भेला पोखरामा सम्पन्न

एचकेनेपाल डट कम संवाददाता –
जेठ ३१, पोखरा। नेवाः खल कास्कीको आयोजनामा नेवार महिलाहरुको भेला पोखरामा सम्पन्न भएको छ । नेवा छें भिमसेनटोलमा आयोजना गरिएको भेलामा नेवारी संस्कार, संस्कृति, भाषा र भेषभुषाको जर्गेनामा युवा तथा महिलाहरुको सहभागिताको बिषयमा छलफल भएको छ।

कार्यक्ममा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले पोखराको समग्र बिकासमा नेवार समुदायको उल्लेख्य योगदान रहेको चर्चा गर्दै भविष्यमा पनि पोखराको बिकासमा आफ्नो भुमिका खोज्नुपर्ने आवश्यकता औल्याउनुभयो । नेवारी संस्कृतिको जगेर्ना गर्नका लागि सबैले आफ्नो जिम्मेवारी बोध गर्नुपर्नेमा उहाँको जोड थियो। पालिखेले भाषा एउटा पहिचान हो भन्दै यसको जगेर्ना गर्न घरमा नै नेवारी भाषा बोल्ने बानीको बिकास गर्नुपर्ने बताउनुभयो । उहाँले निर्माण भइरहेको नेवा छें नेवारी कला संस्कृति अनुरुप निर्माण सम्पन्न गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

उक्त अवसरमा बोल्दै मिसा दबुः का अध्यक्ष शान्ति उदासले महिलाहरुको सल्लाह सुझाब त्यति आवश्यक नठान्ने नेपाली समाजको मान्यता बिपरित भेलाले महिलाहरुको सुझाब संकलन गर्न खोज्नु निकै सह्रानिय कार्य भएको उल्लेख गर्नुभयो। नेवाः खलले बार्षिक क्यालेण्डर अनुसार अगाडि बढि तालिम र संगठन बिस्तारमा जोड दिनुपर्ने उहाँको भनाई थियो। नेवाः खलले सम्पूर्ण भातृ संगठनलाई समेट्नु पर्ने उहाँले सुझाब दिनुभयो।

भेलामा पोखराका बिभिन्न टोलबाट भेला भएका नेवार महिलाहरुको सुझाब संकलन गरिएको थियो। कार्यक्रममा बोल्ने अधिंकाश सहभागीले नेवारी संस्कृतिको जगेर्ना, नेवारी भाषा तथा बासुरी बादन कक्षा सञ्चालन, नेवारी भोजमा नेवारी खाना तथा नेवाः खल लाई आर्थिक रुपमा अझ सबल बनाउन सबै एकजुट हुनुपर्ने कुरामा जोड दिएका थिए।

कार्यक्रममा नेवाः खल कास्कीका उपाध्यक्ष गणेश बहादुर श्रेष्ठ, महासचिब प्रदिप रञ्जित, उपमहासचिब राजेन्द्र श्रेष्ठ, शिबलाल मल्ल, मोहिनी श्रेष्ठ, सबिना श्रेष्ठ, गोमा प्रधान, निरा श्रेष्ठ, निलम प्रधान, सोनी ढेवाजु लगायतले बोलेका थिए। कार्यक्रम नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको थियो।





Comments

comments

93