तमुवान प्राप्तिका लागि पोखरामा तमुवान राजमार्ग यात्रा शुरु

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, १४ असोज। तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशले विहिवारदेखि तमुवान राजमार्ग यात्रा शुरु गरेको छ। तमुवानको राजधानी पोखरास्थित लखनचोकमा तमुवानको झण्डोत्तोलन गरी शुरु गरिएको यात्रा नारा लगाउदै अमरसिंह चोकमा पुगेर कोणसभा गरी सम्पन्न भएको थियो।

लखनचोकमा झण्डोत्तलन पश्चात कार्यक्रममा सहभागीहरुले सलामी चढाउदै तमुवान प्राप्ति नहुञ्जेल संघर्षरत रहने प्रतिज्ञा गरेका थिए।

यात्रामा तमुवान प्रदेश जिन्दावाद, पहिचान विहिन संविधान मान्दैनौं, अधिकार विनाको संविधान चाहिदैन, पेट्रोलियम, खाना पकाउने ग्याँस लगायत उपभोग्य सामग्रीको सहज आपुर्ति व्यवस्था गर, लाचार सरकार राजिनामा दे, हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाइएको थियो।

अमरसिंह चोकमा तमुवानको झण्डाहरु झण्डोत्तलन गर्दै तमुवान संयुक्त संघर्ष समितिले आफूहरुले राखेको न्यायिक एवं समान अधिकारका माग संविधान पुर्नलेखन वा संशोधन गरेर संविधानमा समावेश गर्न माग गर्नुभयो। उहाँले अधिकार प्राप्ति नहुञ्जेल आन्दोलनलाई सशक्त बनाउदै लैजाने बताउनुभयो । तमुवानको शान्तिपूर्ण आन्दोलनलाई सुनुवाई नगरेका सशस्त्र संघर्षमा उत्रने चेतावनी दिनुभयो।

कार्यक्रममा तमुवान संयुक्त संघर्ष समितिका क्षेत्रीय अध्यक्षहरु एसटुओ हर्कबहादुर गुरुङ, इन्स्पेक्टर मनकाजी गुरुङ, जगनबहादुर गुरुङ र चेतनप्रकास गुरुङले सम्बोधन गर्दै तमुवान प्राप्तिको आन्दोलन रहर नभई बाध्यता हो भन्नुहुदै अब अधिकार माग्ने होइन खोसेर स्थापित गर्ने चेतावनी दिनुभयो । संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम समितिका सदस्य उदिम गुरुङले संचालन गर्नुभएको थियो।

कार्यक्रममा तमुवानका अगुवाहरु लगायत समाज, राजनीतिक मोर्चाका तर्फबाट बृहत सहभागीता रहेको थियो।

शुक्रवार अमरसिंह चोकबाट शुरु हुने यात्रा शिवचोक, औधोगिक क्षेत्र, चाउने, विजय पुर हुदै लेखनाथको बुढीबजारमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ।

यस अघि असोज १५ गतेदेखि तमुवान प्रदेश भित्रको राजमार्ग अनिश्चितकालिन बन्द गर्ने कार्यक्रम तय गरिएको भए पनि देशको पछिल्लो असहज अवस्था, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासको अभाव, उपभोग्य सामग्रीहरुको अभावको अवस्थामा अनिश्चितकालिन बन्दले सरकारलाई दवाव भन्दा नागरिकलाई पिडा हुने भएकाले कार्यक्रम परिमार्जन गरेको संघर्ष समितिले जनाएको छ । रुपान्तरिक कार्यक्रम अन्र्तगत शुरु गरिएको तमुवान राजमार्ग यात्रा कार्यक्रम तमुवानको पुर्वी सिमाना मुग्लिन र पश्चिममा राम्दीसम्म पुर्याई तमुवानका आन्दोलनमा आम जनताको सहभागीता गराईने संघर्ष समितिले जनाएको छ।

पोखराको चोक चोकमा तमुवान झण्डा फहरायो





Comments

comments

Leave a Reply

8903