किसन राईको स्वरमा “ यो मन मेरो दोमन भो” सार्वजनिक (भिडियोसहित)

किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजानिक भएको छ । दिनेश ‘काजी’ बान्तावाको सङ्गीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीत किसन राई अफिसियलबाट भिडियो सार्वजनिक भएको हो।

भीमफेदी गाईजका निर्मलकुमार लामा (बिजी)ले निर्देशन गरेको गीतको भिडियोमा एलिसा राई, निर्मलकुमार लामा, मन्जित वाईबा, अन्जान मोक्तान कान्छा र गायक किसनको अभिनय छ। सेवा रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियलबाट सार्वजनिक गरिएको हो।

पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा डोल्मोको सौन्दर्यता र जीवनशैलीलाई मन पराउने भिन्न भिन्न उमेर समूहका युवाहरूको डोल्मोप्रतिको आकर्षणलाई बिषय बस्तु बनाइएको छ।

गायक किसन राई बेलायत (गोर्खा) सेनामा बिगत लामो समयदेखि सेवारत छन्। उनको पहिलो गीती एल्बम (JOON) सन् 2004 मा बजारमा निकालेको थियो। गायक बेलायतमा बिभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्नको साथै सामाजिक काममा अभियान्ताको रूपमा पनि सक्रिय छन्।





Comments

comments

91332