अष्ट्रेलियन सांसदद्वारा नेपालीलाई दशैं टीका

राम कुमार श्रेष्ठ / एचकेनेपाल डट कम-
जिलोङ नेप्लिज एसोशियसनद्वारा जिलोङ्मा आयोजित दसैंं कार्यक्रममा अष्ट्रेलियाकी सांसद क्रिस्चिन कोजिन्सले नेपाली समुदायलाई टीका लगाइदिंदै आशिर्बाद दिइन्।

कार्यक्रममा मन्तब्य दिने क्रममा सांसद कोजिन्सले जिलोङको नेपाली समुदायसंग आफू अत्यन्तै नजिक रहेर काम गरिरहेको बताउँदै भिक्टोरियाका मुख्यमन्त्री डानियल एण्ड्र्यू र अस्ट्रेलियाका पूर्वमन्त्री एबं बर्तमान छायाँमन्त्री रिचार्ड मार्सले दसैंंको उपलक्ष्यमा आफू मार्फत शुभ-कामना पठाउनु भएको जानकारी दिइन्।

कार्यक्रममा जिलोङ नेप्लिज एसोशियसनका अध्यक्ष एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले अभियानका तर्फबाट नेपालका लागि धेरै बर्षदेखि बिभिन्न किसिमबाट योगदान दिंदै आउनु भएका ब्राड क्लार्क र ग्राहेम केण्टलाई ‘फ्रेण्डस अफ नेपाल’ द्धारा सम्मान गरिएको जानकारी दिंदै अभियानको एउटा उद्धेस्य बिस्व शान्ती अभियानमा पनि सहभागी हुने भएकोले ‘ग्लोबल भिलेज’ अबधारणालाई उत्प्रेरित गर्नका खातिर दाजु भाई र दिदी बहिनीको भावना बिकास गर्ने उद्धेश्यका साथ मिस वर्ल्ड अस्ट्रेलियाकी न्यासनल फाइनलिस्ट राशी कपूर, अस-लन्का बिजिनेस काउन्सिलकी अध्यक्ष एबं मिस अस्ट्रेलिया श्रीलंकाकी प्रबन्ध निर्देशक डिल्किए पेरेरा, मिस श्री लंका अस्ट्रेलिया २०१५ की मिस फोटोग्राफिक सारा लियाङे र मिस श्री लंका अस्ट्रेलियाकी एक्जेक्युटिभ साभिन्दी पेरेरा जैनुदीनलाई दसैंंको पावन अबसरमा ‘फ्रेण्ड्स अफ नेपाल’ सम्मान गर्ने निर्णय गरिएको जानकारी दिनु भयो।

उहाँहरु र १५ अगस्टमा आयोजना गरिएको “देशको सम्बृद्धिका लागि” कार्यशाला गोस्ठीको सम्मान कार्यक्रममा उपस्थित हुन नसकेका १५ बर्ष मुनिका अस्ट्रेलियाकै ३ जनाभित्र पर्ने एथलेस्ट अतुल श्रेष्ठ र भिक्टोरियाकै मुए थाइ च्याम्पियनमा पर्ने जोह्नी बर्केलाई सांसद कोजिन्सले प्रमाणपत्र प्रदान गर्नु भएको थियो।

नेपालको बिनाशकारी भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने बारवन हेड्स कम्युनिटी, फ्रेण्ड्स अफ जुस, रोटरी क्लब अफ टोर्के, स्क्वाइर लफ्ट टोर्के र वेभ्स रेस्टुरेन्टलाई र ५०० डलरभन्दा बढी अर्थ संकलन गर्ने आठ बर्षकी शर्लेट अर्नोल्ड बेर्विनलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको थियो। यो सम्मानले शर्लेटलाई अरु अर्थ संकलन गरी सहयोग गर्ने हौसला प्राप्त भएको जानकारी उन्का पिता साइमोनले मेसेज मार्फत जानकारी दिए।

मनिला अर्यालद्वारा उदघोषण गरिएको उक्त कार्यक्रममा अनुस्का पोखरेल, प्रज्ञा कुमारी पटेल, कृतिका भुसाल, मुस्कान करन्जित, रेखा श्रेष्ठ, कल्पना घिमिरे सापकोटा, र यनु दाहालले न्रित्य प्रदर्शन, श्रेस्टी श्रेष्ठ, सल्मा बहामडम र सारा लियाङेले गीत गाउने गरे भने जय बहादुर श्रेष्ठले कबिता बाचन गर्नु भएको थियो।

थप फोटोहरु यहाँ छन्…





Comments

comments

Leave a Reply

9237
%d bloggers like this: