डिसीमा ३ दिनसम्म भब्य छठ पूजा गर्दै सम्पन्न

विजय थापा / वाशिंगटन डिसी।
अमेरिकाको डिसी महानगर क्षेत्र को भर्जिनियाको प्रख्यात शहर स्टर लिङ्गस्थित पोटोम्याक नदीको किनारमा नेपालबाट अमेरिका आएका तराई मधेसका बिभिन्न जिल्लाहरुका तराई नेपाली समुदायको पहलमा नेपाललाई झझल्को ल्याउने गरि भव्यताको साथ छठ पर्व मनाएका छन्।

पोटोम्याक नदी किनारलाई छठमय बनाउदै महिलाहरुले डिसीमा तीन दिन सम्म फलाहर ,गुलियो मिठाई तथा व्रत बसी भब्यताको साथ छठ पूजा सम्पन्न भएको एसोसिएसन अफ नेपालीज इन तराई इन अमेरिकाका डिसी शाखाका अध्यक्ष विजय कुमार सिंहले जानकारी दिए।

अमेरिकाको अन्य राज्यहरुमा पनि छठ पूजा गरिएको बताउदै यसलाई हरेक बर्ष अझ व्यवस्थित रुपले मनाउने लक्ष्य रहेको सिंहले बताए। अमेरिकामा हरेक साल बढ्दो संख्यामा टाढा टाढाबाट श्रद्धालुहरु छठ पूजामा आउने देखिएको छ। डिसीमा सम्पन्न भएको छठ पूजामा नेपालका बिभिन्न जिल्लाका तथा भारतका विभिन्न राज्यहरुमा यो पर्व मनाउने गरेका श्रद्धालु भक्तजनहरु पूजामा सहभागी भएका थिए।

श्रद्धालु भक्तजनहरुलाई छठ पूजामा प्रसाद बितरण गरिएको थियो भने उक्त पूजालाई भब्यता साथ मनाउन डिसी महानगरी क्षेत्रमा बसोबास गर्ने अमेरिकामा बिभिन्न पेसामा रहेका तराई मधेश मूल समुदायको तथा एसोसिएसन अफ नेपालीज इन तराई इन पहलमा गरिएको थियो।

छठ पर्व को लागि नोभेम्बर १७ तारिखमा साँझघाट तथा नोभेम्बर १८ तारिख बिहान घाटमा बिशेष पूजा अर्चना गरिएको थियो। तीन दिन देखी व्रत बसेका व्रतालुहरुले नदीको किनारमा बनाइएको छठघाटमा उदाउदो सूर्यलाई अर्घ अर्पण गरेपछि छठ पर्व सम्पन्न भएको हो।

डिसी छठ पूजामा ९२ बर्षीय नेपालका सर्बोच्च अदालतका पूर्व न्यायाधिश तथा राज सभा स्थायी समितिका पूर्वसभापति तथा अवकास प्राप्त बबर प्रसाद सिंहको उपस्थिति पनि रहेको थियो।

सम्माननीय सिंहले नेपालको काठमाडौँमा उहिले औलाले गन्ने मात्र मानिसले पशुपतिको बागमती नदीमा छठ पर्व मनाउने गर्थे भन्दै सम्झना गराउनु भयो।

९२ बर्षीय सिंहले अहिले नेपालको पहाड क्षेत्रमा पनि व्यापक छठ पूजा मनाउने गरेकोमा हर्ष व्यक्त गर्नु भयो र सौभाग्यबस यसपाली अमेरिकाको डिसीमा पनि मनाउन पाउदा नेपाल नै पुगेको बताउनु भयो।

छठ पर्वले समुदायका बीचको दूरी र विभेदलाई समाप्त पार्दै भाइचारा र आफन्त्व बढाउने विजय प्रताप सिंहले बताए।

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

9652
%d bloggers like this: