प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कुबेर मर्चेन्ट फाइनान्स लिमिटेड ज्ञानेश्वरका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कमलनाथ सुवेदीलाई बुधबार पक्राउ गरेको छ।

कर्जाको धितो रहेको घरजग्गा बिक्री गर्दा ऋणीसँग मिलेमतो गरी संघसंस्थालाई प्राप्त हुने रकम कम्तीमा ६८ लाख रुपैयाँ हिनामिना गरेको लगायत आरोपमा उनलाई ज्ञानेश्वरबाट पक्राउ गरिएको खबर कान्तिपुर दैनिकमा छ।
नेपाल राष्ट्र बैंक, समस्याग्रस्त तथा रिजोलुसन महाशाखाको पत्र जाहेरीले उनलाई पक्राउ गरिएको हो। उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम अनुसन्धान कार्य अघि बढाइएको ब्युरोले जनाएको छ।


