यस्तो रह्यो मधेसी मोर्चाको दिल्लीदौड

सफल भएन मोदी भेट्ने प्रयास
मधेसी मोर्चाका नेताहरूको भारतीय प्रधानमन्त्री मोदीसँग भेटको प्रयास सफल भएन । तर, बुधबार भाजपाका महासचिव राममाधवसँग उनीहरूले भेट गरे । यसअघि परराष्ट्रमन्त्री सुष्मा स्वराजसाग भेटेका थिए । ‘मोदीजीसँग भेट भएन, हामीले जहाँ राख्नुपर्ने थियो त्यहाँ कुरा राखेका छौँ,’ महतोले भने।

नेपालका लागि एक पूर्वराजदूतले मधेस आन्दोलन र नाकाबन्दीको स्वामित्व भारतले औपचारिक रूपमा नै लिएको बताए । उनले भने, ‘मधेसी नेताहरूको भ्रमण गराएर भारतले नेपाल सरकारलाई दिन खोजेको सन्देश यही नै हो ।’ सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने वार्ताबाट समाधान निकाल्नुपर्ने सन्देश दिल्लीले दिएको र यो आफ्ना लागि नयाँ नभएको बताए। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

विदेशमन्त्री सुष्मा स्वराजले मधेसी मोर्चाका नेताहरूसँग आइतबारको डिनरमा स्पष्टसँग भनिन्, ‘तपाईंहरूको मागमा सहानुभूति छ, सरकारको तीनबुँदे प्रस्तावमा छलफल गर्नुस्, सीमा अवरोध हटाउनुस् । नभए त्यसबाट हामीले बदनामी पाइरहनेछौँ।’

तर, मोर्चासम्बद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘उधारोमा मान्दैनौँ । मधेस सम्झौता हुँदा भारत सरकारका प्रतिनिधिले मध्यस्थता गरे, अहिलेसम्म कार्यान्वयन भएन ।’ तमलोपा अध्यक्ष महन्थ ठाकुर भने वार्तालाई जोड दिइरहेका छन् । उपेन्द्र यादवले स्पष्ट धारणा राखेका छैनन्।

मधेसीहरूको समर्थनमा नेपालका लागि पूर्वराजदूतहरू जयन्त प्रसाददेखि शिवशंकर मुखर्जीसम्म देखिए । संविधानप्रति रुखो टिप्पणी गर्ने र नागरिकताबारे गलत व्याख्या गर्दै आएका मुखर्जीले सोमबार बिहान ब्रेकफास्ट आयोजना गरे र जयन्त प्रसाद, श्याम शरण, देव मुखर्जीलगायत मात्रै बोलाइए।

भारतको राज्यसभामा सोमबारको बहस प्रभावित पार्न र नाकाबन्दीको स्वामित्व मधेसीकै स्थापित गर्न सरकारी समन्वयमा विपक्षी सांसदहरूसँग आइतबार र सोमबार बिहानसम्म नेताहरू दौडधुपमा व्यस्त रहे । सांसदहरू शरद यादव, करण सिंह, डिपी त्रिपाठी, सीताराम येँचुरी, पवन बर्मा, आनन्द शर्मा, केसी त्यागीलगायत सांसदहरूलाई भेटेर उनीहरूले नाकाबन्दी आफूहरूले गराएको, तर बदनामी भारतको भएको बताएका थिए । मधेसी नेताहरूको प्रतिक्रियामा विपक्षी सांसदहरू पनि सन्तुष्ट थिएनन् । विपक्षी सांसदहरूले भारतीय नाकाबन्दीको चर्को विरोध गरे । कांग्रेसका मणिशंकर ऐयरले भने, ‘नाकाबन्दी भारतले होइन मोदी सरकारले गरेको हो ।’ विदेशमन्त्री स्वराजले रक्षात्मक जवाफ दिनुपर्ने अवस्था भयो।





Comments

comments

Leave a Reply

9986