Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
जोरपाटीमा ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु, ‘ब्याक’ गरेर किचेको स्थानीयको अारोप – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जोरपाटीमा ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु, ‘ब्याक’ गरेर किचेको स्थानीयको अारोप

काठमाडौं, जोरपाटीमा ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु, ‘ब्याक’ गरेर किचेको स्थानीयको अारोपकाठमाडौं—जोरपाटी चोकमा पानी ट्याङ्करको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।


तस्बिर: आरजे प्रनपको फेसबुकबाट

जोरपाटीबाट बौद्धतर्फ आउँदै गरेको बा १ ख ८९०० नंको पानी ट्याङ्करले बा ७ प ८२२५ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार १५ वर्षीया किशोरी करुणा माझीको घटनास्थलमै मृत्यु भएको हो।

स्कुटी चालक किसनकुमार लामालाई भने कुनै चोटपटक नलागेको बौद्ध प्रहरीले जनाएको छ। ट्याङ्करले ठक्कर दिँदा ट्याङ्करको पछिल्लो टायरमुनि परेकी माझीलाई ट्याङ्कर चालकले ब्याक गरेर किचेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

युवती लामाकै घरमा सानो उमेरदेखि नै काम गर्दै आएको बताइएको छ। रासस





Comments

comments

Leave a Reply

9993