लिम्बुवान नागरिक समाज बेलायतको महाधिवेशन सम्पन्न

सोदिप थोप्रा लिम्बू / एचकेनेपाल डट कम –
केन्ट, प्रत्येक ३ वर्षमा महाधिवेशनको आयोजना गरि नयाँ कार्यसमिति चयन गर्नु पर्ने विधानमा उल्लेख भए वमोजिम लिम्बुवान नागरिक समाज युकेको तेस्रो महाधिवेशन गत शनिवार आशफोर्डमा सम्पन्न भएको छ। महधिवेशनले बेलायतभरिवाट ४९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

लिम्बुवानमा संघर्षरत राजनैतिक एबं गैर राजनैतिक दलहरु , संघ संस्थाहरुलाई पूर्ण अधिकार सहितको स्वायत्त लिम्बुवान पुन:प्राप्तिको निमित्त निस्वार्थ भावनाले लाग्न दवाव दिने उदेश्यले सम्पूर्ण लिम्बुवानवासीको साझा चौतारीको रुपमा यस संस्थाले ६ वर्षदेखि निरन्तर काम गर्दै आइरहेको छ।

नरेन्द्र लिम्बुको अध्यक्षतामा नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेश कन्दङ्गवा , उपाध्यक्षमा पूर्ण फाक्लेछुवा र मनमाया नेम्बाङ्ग निर्वाचित भएका छन् |त्यसैगरि महासचिव , सचिव, कोषाध्यक्ष र सहायक कोषाध्यक्षमा क्रमश: छत्र वनेम , श्री तेम्बे , विकास हेल्लोक र हरि नाल्वो निर्वाचित भएका छन् भने पी आर , मिडिया र सहायक मिडियामा सेरु मादेन , दिलसिंग मेन्याङ्गवो र लिला सेलिङ्ग निर्वाचित भएका छन्। बेलायतका बिभिन्न क्षेत्रहरुबाट ३८ सदस्यहरु निर्बिरोध चयन भएका छन्।

समाजका निवर्तमान अध्यक्ष दिल सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थापक अध्यक्ष एबं सल्लाहकार प्रसाद थेबे र अन्य अतिथिहरुमा बिगेसोका अध्यक्ष पदम लिम्बु , किरात याक्थुङ्ग चुम्लुङ्ग युकेका अध्यक्ष काजिमान याक्सो , काउन्सिलर हेम वनेम एबं लिम्बुवानको ९ जिल्लाका संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए |यसवाहेक स्थानीय विशिष्ठ व्यक्तिहरु , वुदिजिवीहरु साथै बिभिन्न संस्थाका व्यक्तिहरु पनि अतिथिकारुपमा उपस्थित भएका थिए।

निवर्तमान अध्यक्ष दिल सम्बाहाम्फे र प्रमुख अतिथिले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। महाधिवेशनमा महासचिव सुरेश कन्दङ्गवाले संस्थाको वार्षिक प्रतिवेदन र उपाध्यक्ष नरेन्द्र लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा छत्र वनेमले पेश गरेको विधान उपर बिस्तृत छलफल भएको थियो | महत्वपूर्ण बुंदाहरु उपर लामो छलफल पश्चात संस्थाको नाम लिम्बुवान नागरिक समाज युके , ९ जिल्ला समाजका अध्यक्षहरुलाई सल्लहाकारमा राख्ने एबं जिल्ला कार्य समितिवाट एक जिल्ला प्रतिनिधि अनिवार्य पठाउने आदि लगायतका कुराहरु सोहि बैठकले पास गरेको छ।

नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका अध्यक्ष राजेन्द्र खिम्दीङ्गले सपथ ग्रहण गराएका थिए भने निर्वाचित समितिका तर्फवाट अध्यक्ष नरेन्द्र लिम्बुले संस्थाको बिधान अन्तर्गत रहेर कार्यसमितिका सदस्यहरुसंग हातेमालो गर्दै आफ्नो बुदि , विवेक र क्षमताले भ्याए सम्म संस्था प्रति जिम्मेवार भई काम गर्ने प्रतिवद्दता ब्यक्त गरेका थिए। दुइ चरणमा सम्पन्न भएको पहिलो चरणको कार्यक्रमको संचालन महासचिव सुरेश कन्दङ्गवाले र दोस्रो चरणको कार्यक्रम निर्वाचन समितिका कोओर्डीनेटर डम्मर सिङ्गकले संचालन गरेका थिए।





Comments

comments

Leave a Reply

10959