यूएईमा राष्ट्रिय कार्की महासंघको दोस्रो भेला तथा बन्धु भेटघाट कार्यक्रम सम्पन्न

राम ढुंगेल / एचकेनेपाल डट कम-
राष्ट्रिय कार्की महासंघ युएईको दोस्रो भेला तथा बन्धु भेटघाट कार्यक्रम जनवरी १ तारिख शुक्रबारका दिन दुबईको बरदुबईमा सम्पन्न भएको छ। महासंघ युएईका अध्यक्ष अनेस्टजङ्ग कार्कीको अध्यक्षतामा उक्त भेलाले महत्वपूर्ण निर्णयहरु गरेका विदेश विभाग प्रमुख तथा प्रवक्ता रुद्र कार्की ‘प्रज्जवल’ले जानकारी दिएका छन्।

भेलाको अतिथिमा मुडुला कार्की सेवा समाज युएईका अध्यक्ष शंकर कार्कीको उपस्थिति रहेको थियो। महासचिव उद्धव कार्कीले सञ्चालन गरेको भेलामा सबै बन्धुहरुलाई स्वागत गर्दै महासचिव कार्कीले सम्पूर्ण बन्धुहरुलाई एकताको मालामा गाँसेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

महासंघको नीति र नियमको जानकारी गराउनुका साथै महासंघ शाखा युएईका अध्यक्ष अनेस्टजङ्ग कार्कीले विश्वभरि छरिएर रहेका सम्पूर्ण कार्र्कीहरु एकजुट हुन आग्रह गर्दै महासंघ राजनीति गर्ने संस्था नभई पूर्णरुपले आफ्नो कुलको उत्थान र पहिचानका लागि क्रियाशील भएको प्रस्ट पारेका थिए । सबै कार्कीहरुलाई बन्धुहरुको दुःखमा साथ दिने र सबैमा भाइचाराको भावना विकास गर्दै लाने योजना पनि उनले सुनाए । त्यसै गरी मुडुला कार्की समाज सेवा युएईका अध्यक्ष शंकर कार्र्कीे विदेशी भूमिमा भेटेर यसरी दुःखसुख बाँड्न पाउनु नै एकताको पहिलो खुड्किलो उक्लेको आभास भएको बताए । उनले देश तथा परदेशमा रहेका बन्धुको हित हुने काम गर्नुपर्ने र त्यसका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए । विभाग प्रमुख रुद्र कार्की ‘प्रज्जवल’ले संस्थाको उदेश्यबारे सम्पूर्ण बन्धुहरुलाई जानकारी गराउँदै सामूहिक छलफलबाट महासंघ अन्तर्गत विश्वभरि छरिएका कार्कीहरु जो जहाँ रहे पनि एउटै बोली होस् भन्ने उदेश्यले अगाडि बढिरहेको जानकारी दिएका थिए । एकता अभियानको साझा उदेश्यहरु तयार गरेको र उसबारे विस्तृत रुपमा केन्द्रसँग छलफल गरी निर्णय गर्ने जानकारी पनि प्रज्जवलले दिएका थिए।

उक्त बृहत भेलाले विभिन्न विषयमा छलफल गरी विभिन्न भावी कार्ययोजनासमेत पारित गरेको छ। भेलामा आर्थिक विषयमा गम्भीर छलफल भएको थियो। साथै, महासंघले तोकेको दस्तुर दिँदै ११ जना साधरण सदस्य र ४ जना आजीवन सदस्य भइसकेको जानकारी पनि भेलामा दिइयो।

युएई महासंघले हरेक महिनाको पहिलो शुक्रबार मासिक भेला तथा बैठक बस्ने निर्णय गरेको छ। समितिले गरेका काम र गर्न नसकेका कामहरु केके हुन् ? यसबारेमा छलफल र समीक्षा गर्दै जाने निर्णय भएको थियो।

कुनै पनि संस्थालाई अगाडि बढाउन आर्थिक कुराको आवश्यक्ता पर्दछ । त्यस्का लागि केकसरी संस्थाका हरेक काम गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको थियो।

समिति भनेका हरेक घरका सदस्यहरु हुन् र जो कसैले सदस्यहरुलाई समस्या पर्दा केकसरी सहयोग गर्न सकिन्छ, कुनै कोष खडा गर्ने हो कि ? उक्त कोषबाट परिवारको जो कसैले बन्धुहरुलाई परेका विभिन्न किसिमका बिपत्तिहरुमा कुन हिसाबले सहयोग गर्न सकिन्छ भन्नेबारेमा बिस्तृत रुपमा छलफल गरिएको थियो । यसको निर्णय तेस्रो भेलामा गर्ने निर्णय भएको छ।

प्रवासमा बसेर सबैको समय मिलाएर भेट्न सक्ने अवस्था छैन । त्यसका लागि सामाजिक सञ्जाल, अनलाइन बैठक आदि वैकल्पिक उपायहरु केके अवलम्बन गरी युएईका सम्पूर्ण बन्धुहरुलाई समेट्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। आर्थिक पारदर्शिता कामय गर्ने विषयमा भेलामा छलफल भएको छ ।

युएईका कार्की बन्धुहरुको भलाई अनि अरु भन्दा भिन्दै पृथक उदाहरणीय बन्ने खालको अभियान कसरी चलाउने भन्ने विषयमा छलफल पनि भएको थियो।

समितिमा रहनको लागि सदस्यता शुल्क केकसरी उठाउने र त्यसबाट उठेको रकमले केके गर्ने ? त्यसबाट पुग्ने फाइदाहरुका बारेमा छलफल गर्ने निर्णय भएको थियो।

कुनै पनि संस्थाको आफ्नै नीति वा विधान रहन्छ । यसलाई छलफलबाटै निर्णय गरेर लागू गरिन्छ । त्यसका लागि केके गर्न सकिन्छ ? सबै बन्धुहरुलाई सजिलो होस् र एउटै सुत्रबद्ध तरिकाले बाँध्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।

बन्धु भेला तथा भेटघाट कार्यक्रमका उपलब्धिहरुका बिषयमा छलफल गरी आगामी कार्यक्रमलाई थप उपलब्धिमुलक बनाउँदै लाने बिषयमा विस्तृत रुपमा छलफल गरिएको विदेश विभाग प्रमुख तथा प्रवक्ता रुद्र कार्कीले जानकारी दिए।





Comments

comments

Leave a Reply

10403