नेपाली क्रिकेटलाई निलम्बन गर्ने चेतावनी अाईसीसीले किन दियो ?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत दिएको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग संलग्नहरूलाई पत्र पठाई बाध्यकारी कदम चाल्न आईसीसी अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ।

आईसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रमेश सिलवाल र सरकारको निर्वाचनलाई बेवास्ता गर्दै निर्वाचनबाट चुनिएका क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालको नाममा पत्राचार गरी यस्तो चेतावनी दिएको हो।

मंसिरको अन्तिममा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको निर्वाचन भएको थियो । आफ्नो स्वीकृतिबिना भएको चुनावलाई नमानेका कारण त्यसलाई सरकारले मान्यता दिएको छैन । प्याकुर्‍याल त्यही क्यानका महासचिव हुन् । पुस १८ गते राखेपले सिलवालको अध्यक्षतामा अर्को क्यान गठन गरेको थियो । त्यसविरुद्ध प्याकुर्‍याल सम्मिलित क्यानले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो, जसको अझै निर्णय भएको छैन।

२०१५ को नोभेम्बर ८ मा गरेको पछिल्लो पत्राचारपछि क्यानको स्थिति अझ दयनीय भएको जनाउँदै एन्डरसनले नेपाल पठाएको पत्रमा भनेका छन्, ‘नेपालको सर्वोच्च अदालतको निर्णयबारे हामी अझै स्पष्ट हुन सकेका छैनौं । यो स्थिति समाधान नभएपछि नेपाली क्यानले क्रिकेटको सर्वोच्च निकायको हिसाबमा कार्य गर्न पाउने छैन । यो एउटा दुर्भाग्यपूर्ण अवस्था हो । यो रहेसम्म नेपाली क्रिकेटले ठूलो मूल्य चुकाउनुपर्नेछ।’

एन्डरसनले अगाडि भनेका छन्, ‘आईसीसी बोर्डलाई यो विषयमा अप्रिलमा हुने बैठकमा जानकारी गराइनेछ र स्थिति यही रहिरहेमा आईसीसी बोर्डले क्यानको निलम्बनसम्मको कारबाही गर्न सक्नेछ ।’ दुई फरक क्रिकेट बोर्ड अस्तित्वमा देखिएपछि आईसीसीले गत वर्ष नै अमेरिकालाई निलम्बन गरेको थियो । अहिले नेपाली क्रिकेट त्यही स्थितिमा आइपुगेको खबर कान्तिपुर दैनिकमा छ।

http://bit.ly/1WzDZn1





Comments

comments

Leave a Reply

11187