जीर्ण घरमा बास बसेर राजकुमार ह्यारीले गुन्द्रुक–ढिंडो खाए

लमजुङ, हल्का दाह्री । साधारण कमिज, जिन्स पाइन्ट र सामान्य जुत्ता । बेलायती राजकुमार ह्यारी यही हुलियामा सोमबार लमजुङको गौंडा गाउँमा झुल्किए।

दिउँसो पौने ३ बजे हेलिकप्टरबाट भीरकुनामा झरेका उनले सुरुमै गाउँलेको स्वागत ग्रहण गरे । फूलमाला लिएर लाममा बसेका गाउँलेको हातबाट टीका, फूल र खादा ग्रहण गर्दा उनले मुस्कानसहित अभिभावदन फर्काए।

आफूलाई फूलमाला दिन उभिएका साना नानीका सामु उनी टुक्रुक्क बसे र नानीहरु जत्तिकै बनिदिए।

वृद्धवृद्धाका सामू भने उनी झुके । अन्यन्तै साधारण रुपमा प्रस्तुत भएका उनले बासका लागि रोजेको मंगली तामाङको घर भूकम्पले चर्किएको छ।

त्यहाँ उनका लागि सोमबार दिउँसो साधाण खाटमा नयाँ बिस्तारा लगाइएको थियो। साँझ ७ बजेपछि उनले मंगलीको घरमा नेपाली खाना खाए। राजकुमारलाई नेपाली स्वाद चखाउने भनेर गुन्द्रुक र ढिँडो तयार पारिएको खबर नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

11704