तमू समाज कतारको अध्यक्षमा खेम तमू

बिल गुरुङ / एचकेनेपाल डट कम –
दोहा, कतार । तमू (गुरुङ) समाज कतारको सातौं कार्यकालको लागि चितवनका खेम तमू निर्विरोध निर्वाचित भएका छन्।

नज्मा स्थित अलनक्याम रेष्टुरेण्टमा शुक्रवार सम्पन्न समाजको १२ औं साधारणसभाबाट खेम तमूको अध्यक्षतामा २५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

पुख्यौली घर स्याङजा पेलाकोट साथै चितवनमा जन्मे हुर्केका खेम तमू बिगत सन २००४ देखि कतारको एउटा कम्पनीमा कार्यरत छन । साधारण सदस्यको रुपमा सन २००७ मा समाजमा प्रवेश गरेका खेम तमूले २००८ मा तमू सांस्कृतिक परिवारको कोषाध्यक्ष, दुई कार्यकाल केन्द्रिय महासचिव र निवर्तमान कार्यकालमा प्रथम उपाध्यक्षको जिम्मेवारी बहन गरि सकेका छन्।

औपचारिक कार्यक्रम ः
तमू समाज कतारका तत्कालिन अध्यक्ष कृष्ण तमूको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यता थियो । विशेष अतिथिहरुमा समाजका तात्कालिन संरक्षक बिलबहादुर तमू, नेपाल मगर संघ, शाखाका अध्यक्ष महेन्द्र थापा मगर, किरा“त याक्थुङ चुम्लुङका अध्यक्ष मन कुमार लिम्बु, किरा“त राई यायोक्खा, शाखाका अध्यक्ष अमृत राई, नेपाल प्रवासी तामाङ समाजका प्रथम उपाध्यक्ष तिर्थ थिङ तामाङ, नेपाल प्रवासी सुनुवार सेवा समाज, शाखाका अध्यक्ष सोम सुनुवार, थारु कल्याणकारीणी सभा, कतार च्याप्टरका सभापति ई. अन्जनी चौधरी, नेपाल प्रवासी भुजेल सेवा समाजका महासचिव शिव भुजेल, नेवा पुःच, कतारका अध्यक्ष उपेन्द्र शाक्य, नेपाल प्रवासी माझी सेवा समाजका उपाध्यक्ष भरत माझी, लगायत अतिथिको रुपमा खोटाङ सेवा समाजका अध्यक्ष प्रकाश तमू, मिलिजुली एकता परिवारका अध्यक्ष भबिराज तमू, नेपाल पत्रकार महासंघ कतार शाखाका सभापति गणेश बञ्जाडे आदि थिए।

समाजका तत्कालिन प्रथम उपाध्यक्ष खेम तमूले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थापक अध्यक्ष राम तमू, सल्लाहकारहरु क्रमशः बुधबल तमू, बुद्ध तमू, आशु तमू लगायत समाजका शाखा समितिका पदाधिकारी र सदस्यहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम महासचिव खुशीमान तमूले सञ्चालन गरेका थिए । महिला बिभागकी संयोजक टौमाया“ तमूस्योबाट सभापति र प्रमुख अतिथिलाई क्रेगीले स्वागत गरेपछि कार्यक्रम अगाडी बढेको थियो।

प्रमुख अतिथि चौधरीबाट द्विप प्रज्वलित गरि सुरु भएको कार्यक्रममा गोरखा सेवा समाजका प्रमुख सल्लाहकार आशबहादुर तमू, कास्की आदर्श सेवा समाजका प्रमुख सल्लाहकार आशबहादुर तमू, तनहु“ सेति दोभान सेवा समाज कतारका अध्यक्ष पदमबहादुर थापा, तमू प्ये ता“ ल्हु ता“ समितिका अध्यक्ष रस (शिव) तमू, तमू सांस्कृतिक परिवारका अध्यक्ष राजन घले तमू, तमू खेलकुद समितिका अध्यक्ष सूर्य तमू, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक हरीकाजी तमू, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक रनबहादुर तमू, महिला विभागकी संयोजक टौमाया“ तमूस्यो, बयोबृद्ध आमा मैताकुमारी तमूस्यो लगायत केन्द्रिय समिति र शाखा समितिका पदाधिारी तथा सदस्यहरु लगायत कतारवासी तमू तमूस्योहरुको बाक्लो सहभागिता रहेको थियो।

सम्मान कार्यक्रम ः
डिलकुमारी तमूस्यो र मिना मगर सम्मानित ः
तमू समाज कतारको हरेक कार्यक्रमहरुमा विशेष योगदान पु¥याउनु भएकी महिला बिभाग सदस्य डिलकुमारी तमूस्योलाई कदरपत्र र क्रमुले सम्मान गरिएको छ । त्यसै गरि समाजको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारको आयोजनामा भर्खरै सम्पन्न गैर आवासीय नेपाली नृत्य तारा २०१५ कार्यक्रममा द्वित्तीय स्थान हासिल गर्न सफल कलाकार मिना मगलरलाई सम्मानपत्र र क्रमुले सम्मान गरिएको थियो । साथै नेपाल फर्कना लाग्नु भएकी मैताकुमारी तमूस्योलाई क्रमु ओडाएर ससम्मान बिदाई गरिएको थियो।

आजीवन सदस्यताको प्रमाणपत्र बितरण ः तमू समाज कतारको बिधान अनुसार आजीवन सदस्यता लिएका मध्ये अधिकांशलाई आजीवन सदस्यताको प्रमाणपत्र बितरण गरियो।

शुभकामना मन्तब्य ः
कतारमा तमू समाजले आफनो छुट्टै स्थान बनाएको छ । जातिय संस्था भएकोले समाजले आफनो जातिय पहिचान बोकेको कार्यक्रमहरुका साथमा समग्रमा कतारवासी नेपाली समुदायलाई समेटने खालको कार्यक्रमहरु आयोजना गर्दै गरेको छ जुन आफैमा उदाहरणीय कार्य हो । त्यसै गरि नेपाल प्रवास आदिवासी जनजाति महासंघ कतारको संस्थापक मध्य प्रमुख संस्था भएकोले पनि महासंघको हरेक गतिबिधिमा समाजको महत्वपुर्ण योगदान रहने गर्छ।

नेपाल मगर संघ शाखाका अध्यक्ष महेन्द्र थापा मगरले कतारमा कार्यरत नेपाली आदिवासी जनजातीहरुलाई आआफनो जातिय संस्थामा आबद्ध गराउन महासंघमा आबद्ध मातृ संस्थाहरुले एक आपसमा सहयोग गर्नु पर्ने बिचार राखे । बिशेषत किरा“त राई यायोख्खा कतारका अध्यक्ष अमृत राईले कतिपय संस्थाहरु आर्थिक अभावका कारण संस्थाको साधारण सभा समेत गर्न नसकेको अवस्था श्रृजना हुन सक्ने खतराबाट बच्न एकआपसमा आर्थिक सहयोग पनि गर्नु पर्ने विषयमा जोड दिदै सुरुवात आफैबाट गर्नु पर्छ भन्दै कतारी रियल एक सय एक समाजलाई प्रदान गरेका थिए।

प्रमुख अतिथि तथा महासंघ कतारका अध्यक्ष चौधरीले पनि यस विषयमा ऐक्यबद्धता जनाउनुका साथ यस वर्षको पहिलो साधारण सभा तमू समाजको भएकोले यहिबाट सुरुवात गर्न पाएकोमा खुशी ब्यक्त गर्दै महासंघले यसलाई संस्थागत गराउने बचन दिए । त्यसैरी नै किरा“त याक्थुङ चुम्लुङ शाखा कतारको अध्यक्ष मन कुमार लिम्बुले पनि राईको भनाईमा ऐक्यबद्धता जनाउदै रकम पनि हस्तान्तरण गरे । त्यसरी नै सबै बक्ताहरुले यस आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै विषयमा ऐक्यबद्धता जनाए । आआफनो मन्तब्य राख्ने बिशेष अतिथि र अतिथिहरुमा प्रकाश तमू, भरत माझी, उपेन्द्र शाक्य, सोम सुनुवार, शिव भुजेल, तिर्थ थिङ तामाङ लगायत थिए।

खुला सत्र समापन गर्ने क्रममा कार्यक्रमका सभापति कृष्ण तमूले सबै अतिथि लगायत सहभागिलाई आफनो दुई वर्षे कार्यकालमा महत्वपुर्ण सहयोग गरि सफल बनाएकोमा धन्यवाद टक्रयाए।

बन्द सत्र ः
कृष्ण तमूको अध्यक्षतामा सम्पन्न बन्द सत्रमा महासचिव खुशीमान तमूले दुई वर्षभरि संस्थाले गरेका कार्यहरुको फेहरीस्त सांगठनीक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पमबहादुर तमूले कतारी रियल करिब दुई लाख पैतिस हजार बराबरको आर्थिक कारोबार भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा ब्यापक छलफल पछि सर्वसम्मत रुपमा पारित भएको थियो । समाजको बिधानमा समयानुकुल संशोधन गर्नु परेकोले संरक्षक बिलबहादुर तमूले प्रस्तुत गरेको संशोधन प्रस्ताव सर्वसम्मत पारित भएको छ।

समाजलाई अगाडी बढाउन के कस्ता कार्ययोजना तर्जुमा गर्नु पर्ने भन्ने विषयमा सहभागिहरुले बडो चासोका साथ छलफलमा भाग लिएका थिए । शाखा प्रमुखहरुले दुई वर्षमा भए गरेका कार्यहरुको साथमा आआफनो धारणा राखेका थिए । धारणा राख्नेहरुमा सहभागिहरुको तर्फबाट नरबहादुर तमू, तमू प्ये ता“ ल्हु ता“ समितिका अध्यक्ष रस (शिव) तमू, तमू सांस्कृतिक परिवारका अध्यक्ष राजन घले तमू, तमू खेलकुद समितिका अध्यक्ष सुर्य तमू, महिला बिभागकी संयोजक टौमाया तमूस्यो, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक हरीकाजी तमू, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक रनबहादुर तमू र सल्लाहकारहरुको प्रतिनिधित्व गर्दै संस्थापक अध्यक्ष तथा सल्लाहकार राम तमू लगायत थिए । आफनो धारणा राख्दै सभापति कृष्ण तमूले दुई वर्षमा संस्थाको नेतृत्व गर्ने क्रममा सबैबाट यथेस्ट मात्रामा सहयोग पाएको र आउने कार्यकालमा पनि नयाँ कार्यसमितिलाई यस्तै सहयोगको अपेक्षा राखेको बिचार ब्यक्त गरे । साथै नया“ कार्यसमिति चयन गर्न पुर्व अध्यक्ष बुधबल तमूको संयोजकत्वमा बुद्ध तमू र आशु तमू सदस्य रहने गरि तीन सदस्यीय निर्वाचन समिति गठन गर्दै बर्तमान कार्यसमिति बिघटन भएको घोषणा गरेका थिए ।

सातौ कार्यकालको लागि नयाँ नेतृत्व निर्बिरोध ः
निर्वाचन समितिका संयोजक बुधबल तमूद्वारा प्रकाशित कार्यक्रम अनुसार कुनै पनि पदमा दाहोरो उमेदवारी नपरेकोले निर्वतमान कार्यसमितिका प्रथम उपाध्यक्ष खेम तमूको अध्यक्षतामा २५ सदस्यीय नया“ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा भयो । साथै सबै शाखा समितिहरुमा पनि नया“ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन । निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु निम्नानुसार छन्।

केन्द्रिय कार्यसमिति ः अध्यक्ष खेम तमू – चितवन, प्रथम उपाध्यक्ष रस (शिव) तमू – स्याङजा, द्वित्तीय उपाध्यक्ष भाईकाजी तमू – खोटाङ, तृत्तीय उपाध्यक्ष हरीकाजी तमू – खोटाङ, महासचिव खुशीमान तमू – कास्की, बिभागीय सचिव पमबहादुर तमू – कास्की, सचिव तेज तमू – स्याङजा, कोषाध्यक्ष धनबहादुर तमू – ताप्लेजुङ, सहसचिव पदमबहादुर तमू – लमजुङ, सहकोषाध्यक्ष ओमराज तमू – गोरखा र सदस्यहरुमा क्रमशः टौमाया तमूस्यो – स्याङजा, केशरसिंह तमू – संखुवासभा, सुर्य तमू – स्याङजा, मिनबहादुर तमू – तनहुँ, मनप्रसाद तमू – स्याङजा, तोपमान तमू – चितवन, आशलाल तमू – लमजुङ, भबिराज तमू – स्याङजा, पुर्ण तमू – तनहुँ, जयबहादुर तमू – दैलेख, निनल तमू – पर्वत, बलबहादुर तमू – तनहुँ, कर्म तमू – लमजुङ, बिरु तमू – चितवन र अञ्जुत तमू – कास्की छन्।

केहि पद पछि पुर्ति गर्ने गरि शाखा समितिहरुमा पनि नयाँ नेतृत्व चयन भएको छ । तमू सांस्कृतिक परिवारमा अध्यक्ष मदन तमू, उपाध्यक्ष सुर्य तमू – कास्की, सचिव जङग तमू, कोषाध्यक्ष अमर तमू लगायत छन, तमू खेलकुद समितिमा अध्यक्ष सुर्य तमू – स्याङजा, उपाध्यक्ष पुर्ण तमू, सचिव मुकेश तमू, कोषाध्यक्ष निल तमू, टिम क्याप्टेन गुजमान तमू लगायत छन, तमू प्ये ता“ ल्हु ता“ समितिमा अध्यक्ष भबिराज तमू, उपाध्यक्ष निल तमू, सचिव चित्र तमू, कोषाध्यक्ष दिपक तमू लगायत छन, पुर्वाञ्चल सम्पर्क समितिमा संयोजक केशरसिंह तमू, सहसंयोजक किशोर तमू, सचिव बिकास तमू लगायत छन, पश्चिमाञ्चल सम्पर्क समितिमा संयोजक पुर्ण तमू – तनहु“, सहसंयोजक टुबिन्द्र तमू, सचिव बिर्ख तमू, कोषाध्यक्ष नरबहादुर तमू लगायत छन भने महिला बिभागमा संयोजक टौमायाँ तमूस्यो, सहसंयोजक शोभा घले तमूस्यो, सचिव प्रतिक्षा तमूस्यो, कोषाध्यक्ष डिलकुमारी तमूस्यो र सदस्यहरुमा क्रमशः मिङमा तमूस्यो, अरुणा तमूस्यो, पुष्पा तमूस्यो, रेखा तमूस्यो, पार्वती तमूस्यो, माया“ तमूस्यो, बिपना तमूस्यो, बिमला तमूस्यो, खिमकुमारी तमूस्यो, गंगा तमूस्यो, शान्ती तमूस्यो आदि निर्वाचित भएका छन्।

निर्वाचन समितिका संयोजक बुधबल तमूले कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए भने निवर्तमान अध्यक्ष कृष्ण तमूले नवनिर्वाचित अध्यक्ष खेम तमूलाई क्रेगी लगाई दिई बधाई ज्ञापन गर्नुका साथै कार्यभार हस्तान्तरण गरेका थिए।

संरक्षक, सल्लाहकार र लेखा समिति गठन ः
समाजको बिधानले गरेको ब्यवस्था अनुसार साधरण सभाले नै संरक्षक समिति, सल्लाहकार समिति र लेखा समिति गठन गर्नु पर्ने भएकोले निम्नानुसार समितिहरु गठन भएका छन । बिलबहादुर तमू प्रमुख संरक्षक साथै रामबहादुर तमू र बुधबल तमूलाई संरक्षकमा चयन गर्दै तीन सदस्यीय संरक्षक समिति गठन भएको छ । निर्वतमान अध्यक्ष कृष्ण तमूलाई निर्देशक सल्लाहकारमा चयन गर्दै सल्लाहकार सदस्यहरुमा क्रमशः बुद्ध तमू, आशु तमू, बुद्धिराज तमू, आशबहादुर तमू – गोरखा, राजन घले तमू, धनराज तमू, नन्दु घले तमू, रनबहादुर तमू र आशबहादुर तमू – कास्की सम्मिलित सल्लाहकार समिति गठन भएको छ । त्यसै गरेर बुद्ध तमूको संयोजकत्वमा आशु तमू र धनराज तमू सदस्य रहने गरि तीन सदस्यीय लेखा समिति समेत गठन भएको छ।

नवनिर्वाचित अध्यक्षको प्रतिबद्धता सहित समापन ः
सन २००७ मा तमू समाज कतारको साधरण सदस्यता लिएको ब्यक्ति बिभिन्न पदभार सम्हाल्दै आज संस्थाको उच्चतम स्थान अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित गराउनु भएकोमा समाजका अग्रज लगायत सबै सदस्यहरु प्रति आभार ब्यक्त गर्दै समाजले जुन बिश्वासका साथ यो पद सुम्पेको छ त्यसलाई अरु बढाउने तर्फ कटिबद्ध रहेको नव निर्वाचित अध्यक्ष खेम तमूले आफनो बिचार ब्यक्त गरे । छिट्टै नै नया“ कार्यसमितिले आफनो कार्ययोजना ल्याउने जानकारी गराउदै हिजोका दिनमा बिभिन्न पदमा रहदा जसरी सबैको साथ र सहयोग पाईयो अबको दिनमा पनि त्यसरी नै सहयोगको अपेक्षा गरेको बताए।

एकता नै बल हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै कतारवासी तमूहरुलाई एकताबद्ध बनाएर अगाडी बढने बताए । अन्तमा तनहु“ सेतिदोभान सेवा समाज कतारको मीठो चुडकामा नाच्दै रमाउदै तमू समाज कतारको सातौ कार्यकालको लागि आयोजित १२ औं साधरण सभा समापन भएको थियो।





Comments

comments

Leave a Reply

11804