बेलायतको आशफोर्ड केन्टमा यसरी मनाइयो नेपाली नयाँ वर्ष!

बलजित लिम्बु / एचकेनेपाल डट कम –
बेलायत। सगरमाथा गार्खा नेपाली समाज आशफोर्ड केन्टले गत शनिबार नेपाली नयाँ बर्ष २०७३ भब्य अनि सभ्यका साथ मनाएको छ।

प्रत्येक साल नयाँ बर्षको कार्यक्रम आयोजना गरी एकै ठाउंमा भेला भएर सबैसँग शुभकामना आदान प्रदान गर्ने समाजको उद्देश्य रहेको छ। कार्यक्रम सुरुआत हुनु अघि आश्फोर्डबासी स्वर्गीय भूपराज राईको चिर आत्मालाई शान्तिको लागि उपस्थित सबैले २ मिनेट मौनधारण गरिएको थियो।

समाजका अध्यक्ष भास्कर तितुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन मुख्य समिति, महिला समिति र युवा समितीका अध्यक्षलगायतले संयुक्त्तरुपमा पानसमा बत्ति बालेर कार्यक्रम गरिएको थियो।

उद्घाटनलगत्तै कार्यक्रममा उपस्थित सबैबाट संसारभर नेपाली र गैरनेपालीहरुलाई शुभकामना सन्देश दिन नयाँ बर्षको काउन्ट डाउन महासाचिब को साथ सबैले एक्कै स्वर मा थ्री, टु , वन , जिरोमा अध्यक्षबाट श्यामपेन छर्दा सबैले एक्कै स्वरमा हयापी न्यु इयर भनेर शुभकामना प्रदान गरेको थियो।

समाजका महासचिव एवं कार्यक्रम संचालक डम्मर सिङगकले आकस्मिक घटना भई हालेमा अपनाउनु पर्ने तरिकाहरुको बारेमा उपस्थित सबैलाई जानकारी गराएका थिए भने उपस्थित अतिथि एबं सदस्य महानुभावहरुलाई बरिष्ठ उपाध्यक्ष चक्र राईले स्वागत मन्तब्य व्यक्त गरेका थिए।

कार्यक्रम महासचिव डम्मर सिङगकले फर्मल कार्यक्रमहरु प्रस्तुत प्रस्तुत गरेका थिए भने सचिब करिश्मा घम, महिला समितिबाट अध्यक्ष, बरिष्ट उपाध्यक्ष र सचिब क्रमैले राज देवी गुरुङ, बसुन्धरा राई र बिमला राई (लिम्बु)ले सहयोग गरेका थिए।

कार्यक्रममा अतिथि कलाकार नायिका – प्रियाङ्का कार्की, गायकहरु हेमन्त शर्मा र शिव परियारलाई स्वागत तथा समितिका निबर्तमान अध्यक्ष श्री लिम्बु, निबर्तमान पहिलो उपाध्यक्ष बालकुमारी गुरुङ, दोश्रो उपाध्यक्ष अमृता तामाङ, निबर्तमान महासचिब राम लिम्बु, कल्चर सेक्रेटरी- सुष्मा लिम्बु, शहायक कल्चर रत्नकुमारी गुरुङ, खेल्कुद सचिब सेरु लिम्बु, प्रोपटी- बलराम गुरुङ, मिडिया- मिन थापासहितलाई बिदाइ गरिएको थियो।

पहिलो चरणको कार्यक्रमको अन्त्यमा कार्य समिति, सहयोगी सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद साथै आफ्नो कार्यकालमा सबैको पूर्ण सहयोग पाए यो कम्युनिटी सफल हुने बिश्वास लिएको मन्तब्य राखे पश्चात सबैलाई नयाँ बर्षको शुभकामना दिदै अध्यक्ष तितुङले फर्मल कार्यक्रमको अन्त्य र कल्चर कार्यक्रम सुरु भएको घोषणा गरेका थिए।

कल्चर सचिब कमल राई र सह कल्चर सचिब सिता पुनको प्रतिनिधित्व कलाकारहरुबाट सुन्दर प्रस्तुतीहरुले कार्यक्रम घन्किएको थियो।

अथिति कलाकारहरुमा नायिका प्रियांका कार्की , गायकहरुमा हेमन्त शर्मा र राजु परियार थिए भने स्थानीय कलाकारहरुमा, मिस निलु गुरुङ, मिस पारीना राई , मिस सजना देवान, मिस करिश्मा राई, मिस चीमा गुरुङ, मिस जोली तामाङ र मिस जानु तामाङ थिए।

मनोरन्जन कार्यक्रमपछि कलाकारहरुलाई उनीहरुको उच्च प्रस्तुतीलाई कदर गर्दै अध्यक्षले खदा र कदर पत्रहरु प्रदान गरि सकेपछि अथिति कलाकारहरुले अनुरोधका गीतहरुमा कोक्टेल डान्स सहभागीहरुले भरपूर मनोरन्जन लिएका थिए। कार्यक्रममा लगभग पाँचसयजनाको उपस्थिति थियो।





Comments

comments

Leave a Reply

12065