च्याउ खाँदा ५ जनाको मृत्यु

जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा पाँचथरमा एकै परिवारका तीन जनासहित ५ जनाको मृत्यु भएको छ । नौ जना विरामी परेका छन् ।

आङना गाविस–१ स्थित वीरेन्द्र माङ्लाकको श्रीमती ४५ वर्षीया पदममाया माङ्लाक, छोरीहरु ५ वर्षीया सोनिका माङ्लाक, १३ वर्षीया कविता माङ्लाक, भाउजू पर्ने ३९ वर्षीया मनकुमारी माङ्लाक र थर्पु गाविस–६ स्थित धनबहादुर मावोको छोरी ११ वर्षीया एलिजा मावोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

12777