नेशनल ज्योग्राफिकको ‘साहसी वर्ष व्यक्ति’को उपाधि नेपाली चेली मिरा राईलाई …

नेसनल ज्योग्राफिकको ‘साहसी वर्ष व्यक्ति’को उपाधि नेपाली चेली मिरा राई … #MiraRai
एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, १४ माघ । नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष प्रदान गर्ने एड्भेन्चर्स अफ द इयरमा विजयी भएकी छन्।

भोटिङको आधारमा नेशनल ज्योग्राफिको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) को सूचिमा उनी पहिलो नम्बरमा परेकी हुन्। राईसहित विश्वका १० जना साहसी खेलाडीहरु अवार्डको मनोनयनमा परेका थिए।

विजेता छान्नको लागि नेशनल ज्योग्राफिले आफ्नो वेबसाइटमार्फत गत नोभेम्बर ३ तारिखदेखि डिसेम्बर १६ तारिखसम्म भोट हाल्ने व्यवस्था मिलाइएको थियो।

………………………………………

मिरा राई को हुन् , किन र कसरी भोट दिने? हेर्नुहोस् तल पशन तमूको भिडियो ब्लग।
.

मिरा राईलाई भोट हाल्ने आज अन्तिम दिन, मिराको जित्ने सम्भावना…
न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १६ डिसेम्बर। नेपाली अल्ट्रा धाविकालाई मिरा राईलाई भोट दिएर जिताउने आज शुक्रवार अन्तिम दिन रहेको छ।

मिरालाई डिसेम्बर १६ तारिखसम्म भोट दिन सकिने छ। त्यसपछि भोट लाइन बन्द हुने छ।

यसैबीच, केही दिन यतादेखि मिराको पक्षमा खसेको मतको संख्याको अाधारमा मिराको जीतको सम्भावना बढेको छ।

मिरा राई र केभ डाईभरबीच पटक पटक तीब्र प्रतिस्पर्धा चलेको थियो। यि दुईमा जसले बढी भोट हासिल गर्छ उनले यो नेशनल जियोग्राफी च्यानलद्वारा घोषित एड्भेन्चर्स अफ द इयर अवार्ड प्राप्त गर्ने छन्।

तल रहेको क्रमांक ९ मा तपाईले Trail Runner Mira Rai को नाम देख्नुहुने छ। त्यसको अगाडि गोलाकार चिन्हमा क्लिक गरेर भोट हाल्न सक्नुहुने छ। भोट हालेपछि तपाईले आफ्नो फेसबुक वा ट्विटरलगायत सामाजिक सञ्जालमा भोट गर्ने लिङ्क शेयर गर्न सक्नु हुनेछ।

नेशनल जियोग्रफिकको आधिकारीक वेवसाइटमार्फत भोट दिनुहोस्

….
….

हङकङ आएकी मिराले हात जोड्दै भनिन्- ‘प्लिज! मलाई भोट दिनुहोस्’ हेर्नुहोस् भिडियोः

तपाईले नेपाली चेली मिरा राईलाई भोट दिएर विजयी बनाउन सक्नुहुन्छ। भोट नेशनल जियोग्रफिकको आधिकारीक वेवसाइटमार्फत दिन सकिनेछ।





Comments

comments

Leave a Reply

14940