एक बर्षभित्र युएईमा ६४ नेपालीले ज्यान गुमाए


लालबहादुर ढेंगा / एचकेनेपाल डट कम –
दुबई, युएई। वैदेशिक रोजगारीका लागि नेपाली रोजगारदाताहरुलाई खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो बन्दै गएको छ।

युएईमा प्रवेश पाउनका लागि मुख्य रुपमा ४ प्रकारका भिसाको सुविधा रहेको छ । जसमा ईम्प्लोमेन्ट भिसा, भिजिट भिसा, टुरिष्ट भिसा र ट्राजिट भिसा हो । तर, केहि बर्ष यता भने भिजिट भिसामा आई आफ्नो योग्यता र दक्ष्यता अनुसारको कामप्रति लाग्नेहरुको संख्या बड्दो देखिन्छ । ईम्प्लोमेन्ट भिसाको तुलनामा भिजित भिसा सरल र सहज तरिकाले पाउने भएकाले भिजित भिसाको नै धेरै प्रयोग भएको हुन्छ ।
आफ्नो घर परिवारलाई हर प्रकारका सुख, शान्ति र सुविधा होस् भन्ने कस्को चाहना हुदैन र ? नेपाली राजदूतावास अबुधावीका द्धितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले दिनु भएको जानकारी अनुसार १ जनवरी २०१६ देखि आज मिति २३ डिसेम्बर २०१६ यानी कि एक बर्षको अवधिमा यस्तै मिठो सपना र चाहनाहरु बोकेर रोजगारीको सिलसिलामा युएई छिरेका ६४ जना नेपालीहरुले ज्यान गुमाउन पुगेका छन् । त्यसमध्ये पुरुष ५९ जना रहेको छ भने महिला ५ जना रहेका छन् । खासगरी मृत्यु हुने कारण नं. १ मा प्राकतिक, नं. २ मा सडक दुर्घना र नं. ३ मा आत्महत्या देखाएको छ । विगतका तथ्याङ्क हेर्ने हो भने सन् २०१३ मा ७० जना, २०१४ मा ६३ जना र २०१५ मा ६४ जना पुगेको छ।


….
….
युएईस्थित नेपालीहरुको जनसंख्या आम–जनमानसको अनुमानमा ३ लाखभन्दा बढी रहेता पनि युएईका परराष्ट्र मन्त्रालयको तथ्याङ्क अनुसार २ लाख ४ हजार १ सय ६ जनाएको छ । सरकारी विभागदेखि लिएर हर क्षेत्रमा नेपाली कामदारहरु कार्यरत छन् । उच्च श्रेणीमाभन्दा मध्येम श्रेणीमा धेरै कार्यरत पाईन्छ । विदेशमा रोजगारी गर्न जांदामा नेपालबाट केहि सीप र ज्ञान हासिल गरी गएमा उपयुक्त लाग्ने थियो । यस्ता खालका सहयोग गर्नका लागि नेपालस्थित १० म्यानपावरलाई समेत आधिकारिक मान्यता दिएका छन्।

पछिल्लो समयमा युएईस्थित नेपाली व्यवसायीहरु पनि फस्ताउदै गएको पाईन्छ । धेरै बर्षदेखि रोजगारीमा संग्लन रहेका पनि अब भने व्यवसाय क्षेत्रमा पूर्ण रुपले हानिएका छन् । व्यवसायमा कपडा पसल, किराना पसल, सुन चांदी पसल, सुपर मार्केट, ट्राभल्स एण्ड टुरिजम, टेलर्स, इलेट्रानिक पसल, लाण्ड्री, क्लिनिङ एण्ड मेन्टनेस, व्यूटीपार्लर र रेष्टुरेण्ट हुन् । अन्य व्यवसायभन्दा रेष्टुरेण्ट व्यवसाय मौलाउदै गएका छन्।





Comments

comments

Leave a Reply

15615